English

के हस्तमैथुन हानिकारक छ ?



नेपालमा हस्तमैथुनका विषयलाई लिएर कुरा गर्न हिचकिचाउँछन् । तर, करिब ९५ प्रतिशत पुरुष र महिलाले सन्तुष्टिको लागि हस्तमैथुनको सहारा लिने कुरा सत्य हो । हस्तमैथुन पूर्णतया प्राकृतिक प्रक्रिया हो । यसले प्रजनन क्षमतामा कुनै प्रतिकूल असर गर्दैन । यौन दुर्बलता र कामुकताको कमीको कुरा पनि यसमा लागू हुँदैन । हस्तमैथुन गर्दा यस्ता फाइदाहरू हुन्छन् ।

तनाव कम गर्छ

हामी शारीरिक वा मानसिक तनावको सामना गरिरहँदा हस्तमैथुनले तनाव कम गर्न मद्दत गर्छ । यसको वैज्ञानिकका अनुसार हस्तमैथुनले सेरोटोनिन, एन्डोर्फिन र अक्सिटोसिन जस्ता धेरै न्युरोट्रान्मिटरहरू निस्किने हुँदा यसले तपाईंलाई आराम दिलाउँछ ।

रक्तसञ्चार राम्रो हुन्छ

हस्तमैथुन गर्दा हाम्रो शरीरमा रक्तसञ्चार बढ्छ । हस्तमैथुनले जननेन्द्रीयमा रहेका तन्तुहरूलाई स्वस्थ बनाउँछ । रक्तसञ्चारले उमेर पुगेका व्यक्तिहरूका लागिसमेत राम्रो फाइदा हुन्छ । हस्तमैथुनले महिनावारीको समयमा हुने दुखाइलाई पनि कम गर्छ ।

पार्टनरसँग सम्बन्ध राम्रो हुन्छ

हस्तमैथुन गर्ने व्यक्तिले पार्टनरसँग सम्बन्ध राख्दा सेक्सको आनन्द लिन सक्छन् । यसको सकारात्मक र स्वास्थ्य प्रभाव पार्टनरसँंग यौनसम्पर्क गर्दा पनि देखिन्छ । हस्थमैथुन यौन सम्बन्धको हिसाबले पनि राम्रो छ ।

राम्रो निद्रा लाग्छ

वास्तवमा सेक्सले मानसिक तनावलाई कम गर्छ र शरीरलाई थकित बनाउँछ जसले गर्दा छिटो निद्रा लाग्छ । आफ्नो पार्टनरसँग यौन सम्पर्क वा हस्तमैथुन गर्दा चरम उत्तेजित आई स्खलित हँुदा आराम महशुस हुन्छ । हस्तमैथुनले पनि सेक्सजस्तै निद्रामा प्रभाव पार्ने हुँदा निद्रा राम्रोसँग लाग्छ ।

यो पनि…
कोभिड भ्याक्सिनपछि शारीरिक सम्पर्क कति सुरक्षित ?
विवाहअघि सोध्नुहोस् यी कुरा



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested