English

नेपाली राष्ट्रिय फुटबल टोलीमा भित्रिए नयाँ खेलाडी



अखिल नेपाल फुटबल संघ (एन्फा)ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि सबै ३४ सदस्यीय टोली घोषणा गरेको छ । माैरिसससँग हुने दुई खेलमा दुई टाेली गठन गरी खेलाडीलाई मैदानमा उतारिने भएकाे छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८ माघमा मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलमा लागि दुई टोली घोषणा गर्दै प्रारम्भिक छनोटमा आएका ३४ खेलाडी नै टोलीमा समावेश गरेका हुन् । 

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८ माघमा दशरथ रंगशालामा हुने दुई खेलमा लागि जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, शुभाष गुरुङ र देवेन्द्र तामाङलाई पुनरागमन गराउँदा नाै नयाँ अनुहारलाई मौका दिएका छन् ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८ माघमा दशरथ रंगशालामा हुने दुई खेलका लागि दुई टिम बनाउँदै ३४ खेलाडीलाई नै अवसर दिएका हुन् ।

यी नयाँ अनुहारले बनाए राष्ट्रिय टोलीमा स्थान

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि दुई टोली घोषणा गरेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८ माघमा दशरथ रंगशालामा हुने दुई खेलका लागि दुई टिम बनाउँदै ३४ खेलाडीलाई नै अवसर दिएका हुन् । जहाँ उनले पहिलोपटक प्रारम्भिक अभ्यासमा स्थान पाएका नौ खेलाडीलाई नै स्थान दिएका छन् ।

टिकेन्द्र थापा

गोलरक्षक टिकेन्द्र नेपाली फुटबलमा परिचित नाम हो । जावलाखेल युथ क्लबबाट व्यावसयिक फुटबल खेलिरहेका टिकेन्द्रले पहिलोपटक राष्ट्रिय टोलीको प्रारम्भिक अभ्यासमा मौका पाएका थिए । उनी पहिलो अवसरमै प्रशिक्षक अब्दुल्लाहको नजरमा पर्न सफल भएका हुन् । अघिल्ला दुई लिगसमेत जावलाखेलबाट खेलेका टिकेन्द्रले पहिलो फ्रेन्चाइज नेपाल सुपर लिगमा भने धनगढी एफसीमा आबद्ध भए पनि अवसर पाएनन् ।

शत्रुघन चौधरी

विभागीय टोली नेपाल पुलिस क्लबका गोलरक्षक शत्रुघन चौधरी पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । जारी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै प्रशिक्षक अब्दुल्लाहको नजरमा परेका शत्रुघन पुलिसको समेत पहिलो रोजाइका खेलाडी हुन् । उनले ०७५, ०७६ सालकाे लिगमा समेत पुलिसको गोलपोष्ट सम्हालेका छन् । पहिलो फ्रेन्चाइज सुपर लिगमा भने शत्रुघनले बुटवल लुम्बिनी एफसीबाट दोस्रो रोजाइमा रहेर खेले ।

सुदीप गुरुङ

सुदीप गुरुङ पनि राष्ट्रिय टोलीका लागि नयाँ अनुहार हुन् । नवप्रवेशी सातदोबाटोले शीर्ष डिभिजनको पहिलो अनुभव लिएजस्तै सुदीपले समेत पहिलोपटक जारी शहीद स्मारक लिगको अनुभव बटुलेका हुन् । मिडफिल्डर सुदीप बल होल्ड गर्न, लामाे सट प्रहार गर्न र विपक्षी रक्षापंक्तिमा दबाब बढाउन सिपालु छन् । ‘ए’ डिभिजन लिग खेल्नुअघि सुदीपले सातदोबाटोबाट ‘बी’ डिभिजन लिग खेलेका थिए । जारी लिगमा समेत उनको प्रदर्शन उच्च छ ।

आकाश बुढा मगर

आकाश एन्फा एकेडेमीका उत्पादक हुन् । सातदोबाटोलाई जारी लिगमा उत्कृष्ट प्रदर्शन दिएका आकाश पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । एन्फा एकेडेमीसँगै आकाशले नेपालको यू-१५, १६ , १८ र १९ टोलीमा समेत खेलेका छन् । पछिल्लो राष्ट्रिय टोलीमा स्थान बनाउने आकाश एन्फा एकेडेमीका एक्ला मिडफिल्डर हुन् ।

नवीन गुरुङ

न्यु रोड टिम एनआरटीका नवीन पनि पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । लेफ्ट ब्याक नवीनलाई प्रशिक्षक अब्दुल्लाहले पहिलो अवसरमै टोलीमा अवसर दिएका छन् । युवा नवीन लेफ्ट ब्याकबाट बल बढाएर क्रस गर्न माहिर छन् ।

आशिष राई

आशिष राईले च्यासल युथ क्लबबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले पहिलो अवसरमै टोलीमा स्थान बनाएका हुन् । प्रशिक्षक अब्दुल्लाहले अन्तिममा आशिषलाई प्रशिक्षणका लागि अवसर दिएका थिए ।

सुशील राई

जारी लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् सुशील राई । हाल सातदोबाटोका लागि खेलिरहेका सुशीललाई शीर्ष डिभिजनमा थ्रीस्टारबाट समेत खेलेको अनुभव रहेको छ । सुशील पहिलो अवसरमै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन् ।

कीर्तिश रत्न छुन्जु

जारी लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका कीर्तिश पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए र पहिलो अवसरमै टोलीमा स्थान बनाए । लिगमा न्युरोड टिम एनआरटीबाट अग्रपंक्तिमा खेलिरहेका कीर्तिशले मैदानमा भने कम अवसर पाएका छन् । कीर्तिश नेपाली फुटबलले पाएको नयाँ नामसमेत हो ।

प्रशान्त अवस्थी

जारी लिगको नवौं खेलमा कीर्तिमानी आठौँपटक शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि सातदोबाटो युथका क्लबका प्रशान्त अवस्थी पहिलोपटक राष्ट्रिय टोलीमा कल भएका थिए । प्रशिक्षक अब्दुल्लाहको शुरुआती प्रशिक्षण लिष्टमा नपरेका प्रशान्त मनाङविरुद्ध मैदानमा छाएपछि अन्तिम समयमा बोलाइएका हुन् । अभ्यासमा समेत आफूलाई प्रमाणित गरेपछि प्रशान्त राष्ट्रिय टोलीमा पहिलो अवसरमै पर्न सफल भए ।


मौरिसससँग पहिलाे खेलका लागि टोली

गोलरक्षक : किरणकुमार लिम्बू (कप्तान), दीप कार्की, टिकेन्द्र सिंह थापा

डिफेण्डर : गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ठकुरी

मिडफिल्डर : सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनीष डाँगी, अञ्जन विष्ट, आशिष लामा

स्ट्राइकर : दर्शक गुरुङ, विमल घर्ती मगर, सुनील बल, नीतिन थापा, आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, जगजित श्रेष्ठ

मौरिसससँग दोस्रो खेलका लागि टोली

गोलरक्षक : किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, शत्रुघन चौधरी

डिफेन्डर : गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ठकुरी, पुजन उपरकोटी

मिडफिल्डर : सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुभाष गुरुङ, अञ्जन विष्ट, आशिष लामा

स्ट्राइकर : विमल घर्ती मगर, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी, सन्तोष तामाङ

सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

दुवै टोलीमा परेका खेलाडी 

गोलरक्षक : किरण कुमार लिम्बू (कप्तान) 

डिफेण्डर : गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल

मिडफिल्डर : सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, सुरज ठकुरी 

फरवार्ड : विमल घर्ती मगर, अञ्जन विष्ट, आशिष लामा 

दर्शकलाई प्रवेश अनुमति

नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनुमति दिइने भएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल खेल्न मरिससको फुटबल टोली नेपाल आइसकेको छ । पहिलो खेल माघ १५ गते तथा दोस्रो खेल माघ १८ गते हुने तय भएको छ ।

पाँच सय एक हजार रूपैयाँ दरका टिकट

एन्फाले दर्शकलाई खेल अवलोकन गर्न सामान्यतर्फ प्रति व्यक्ति रु पाँच सय र भीआईपीतर्फ रु एक हजार टिकट दर कायम गरेको छ । मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसहित एक सातादेखि ३४ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।

मरिससका चार खेलाडीमा कोरोना

नेपाल आएपछि पिसीआर परीक्षण गर्दा मरिससका चार खेलाडीमा कोरोना देखिएको छ । चारै जना हाल आइसोलेसनमा छन । रंगशाला प्रवेशका लागि सबैलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ । खेल साँझ पौने पाँच बजेदेखि शुरु हुनेछ ।

यो पनि
नेपालले चारदेशीय टी-२० शृंखला खेल्ने
निजी क्षेत्रसँग सहकार्य गर्दै खेलकुद



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।