English

मन मिल्ने साथीसँग घुम्दा रमाइलो हुन्छ



अभिनेत्री वर्षा शिवाकोटीको घुमघाममा निकै रुचि छ । फुर्सद हुने बित्तिकै उनले देश तथा विदेशका घुमघाम योजना बनाइहाल्छिन् । भर्खरै दुबईको घुमघाम सकेर फर्किएकी शिवाकोटीले १८ वटा देश घुमिसकेकी छिन् । नेपालमा पनि उनी पुग्न थोरैमात्र ठाउँ बाँकी छन् । तिनै घुमन्ते अभिनेत्रीसँग मेरोलाइफस्टाइलले गरेको घुमघाम वार्ता:

अहिलेसम्म कति ठाउँ घुम्नु भयो ?

नेपालका अधिकांश ठाउँ पुगिसकेकी छु । नेपालबाहिर १८ वटा देश घुमिसकेँ ।

तपाईंको घुमघाम गन्तव्य कहाँ–कहाँ हुन् ?

मेरो घुमघामका गन्तव्यहरू विशेषगरी नपुगेका ठाउँहरू हुन्छन् । तर, गइरहन मन लाग्ने ठाउँ चाहिँ धरान हो ।

घुमघामका लागि कसरी समय मिलाउनुहुन्छ ?

फुर्सद हुने बित्तिकै मेरो घुमघाम योजना बनिहाल्छ ।

अहिलेसम्मको अविस्मरणीय घुमघाम कहाँको हो ?

पहिलोपटक मुस्ताङ गएर फर्किने बेलामा गाडी दुर्घटना भएको थियो । त्यसपछि मुस्ताङ कहिल्यै जान्न भनेर फर्किएकी थिएँ । तर, वर्षमा २ पटक जानु परेको छ ।

घुमघामको योजना कसरी बनाउनु हुन्छ ?

मेरो फुर्सद भएपछि घुम्न जान मन लाग्यो भने नजिकका मान्छेसँग सल्लाह गर्छु । आफूलाई जो कन्फर्टेबल हुन्छ, उसैसँग जान्छु । तर, धेरैजसो परिवारसँग घुम्न जान्छु ।

घुमघाम गर्दा के–के बोक्नुहुन्छ ?

म घुम्न निस्कँदा एक सेट घर नै बोक्नुपर्छ । मलाई घरमा जे–जे चाहिन्छ, त्यसको मिनी भर्सन बोक्नुपर्छ ।

अरुलाई घुम्न जान कुन–कुन ठाउँ सिफारिस गर्नुहुन्छ ?

मनाङ, मुस्ताङ, हेटौंडा, बन्दीपुर, पोखरा जत्तिको रमाइलो त कहाँ होला र ।

घुमघामलाई रमाइलो कसरी बनाउन सकिन्छ ?

घुम्न जाने साथी को छ, त्यसमा भर पर्छ । जे कुरामा पनि कम्प्लेन गर्ने साथी भयो भने बोरिङ हुन्छ । त्यसैले मन मिल्ने सबै कुरालाई सामान्य रूपमा लिने साथी भयो भने जस्तोसुकै ठाउँमा पुग्दा पनि रमाइलो हुन्छ ।

घुम्न मन लागेको तर जान नसकेको ठाउँ कुन–कुन हुन् ?

रारा ताल, सोलुखुम्बुको नाम्चे बजार, लमजुङको बेसीसहर जाने ठूलो इच्छा छ तर जान सकेको छैन ।

नेपालमा घुमघामलाई प्रवर्द्धन गर्न के–के गर्नुपर्ला ?

पहिलो कुरा त सडकलाई नै सुधार्न जरुरी छ । नेपालमा घुम्नलायक ठाउँहरू धेरै छन् । तर, सडक अभावमा ती ठाउँमा धेरै मानिस पुग्न सकिरहेको छैनन् । त्यसैले सडक सुधार गरी नेपालका पर्यटकीय स्थल चिनाउने हो भने यहाँ घुमघामलाई प्रवर्द्धन गर्न कुनै गाह्रो नपर्ला ।



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।