English

छोराछोरीको तस्बिर मिडियामा देखाउन चाहँदैनन् भारतीय कलाकार



अनुष्का शर्मा र विराट कोहलीकी छोरी वामिकाको तस्बिर हालै मात्र सोसल मिडियामा भाइरल भयो। अनुष्का आफ्नी छोरीलाई लिएर दक्षिण अफ्रिका र भारतका विभिन्न स्थानमा पति विराटको खेल हेर्न पुगेकी थिइन्। सोही बखत वामिकाको तस्बिर क्यामेरामा कैद गरिएको थियो।

हालसम्म अनुष्का र विराटले पापाराजीसँग आफ्नो सन्तानको तस्बिर नखिच्न अनुरोध गर्दै आएका थिए। जब अचानक सोसल मिडियामा आफ्नी पुत्रीको तस्बिर भाइरल भयो, तब त्यो जोडीले एक पोस्ट लेख्दै आफ्नो असहमति प्रकट गरे।

अनुष्कामात्र होइन बलिउडका अन्य कतिपय सेलिब्रिटी आफ्ना सन्तानलाई मिडियाबाट टाढै राख्न रुचाउँछन्। नेहा धुपिया र अंगद बेदीका एक छोरी मेहर र एक छोरा गुरिक छन्।

तिनका फ्यानहरू उनीहरूका बच्चाको तस्बिर हेर्न हेर्न चाहन्छन्। तर,त्यो जोडी चाहन्छ कि, आफ्नो प्राइभेसी कायम रहोस्। अचानक मेहरको तस्बिर सार्वजनिक भइदियो, छोराको भने अहिलेसम्म कसैले तस्बिर खिच्न भ्याएको छैन। गत वर्षमात्र नेहाले पुत्र जन्माएकी थिइन्।

अभिनेत्री दिया मिर्जाले गत वर्ष पुत्र अवयानलाई जन्म दिइन्। उनले सोसल मिडियामा छोराको थुप्रै तस्बिर राखेकी छन्, तर कुनैमा पनि अनुहार देखाइएको छैन। उनी पनि आफ्नो छोरोको अनुहार मिडियासामु देखाउन चाहन्नन्।

काजोल र अजय देवगन प्रख्यात बलिउड कलाकार हुन्। उनीहरू सिनेमाको काममा व्यस्त रहन्छन्, दुवैलाई कुनै पनि खाले पार्टीमा जाने शौख छैन। यो जोडीले पनि आफ्ना दुवै सन्तानलाई लाइमलाइटबाट बचाएर राखेका छन्।

केही समयअघि पीटीआईसँग कुरा गर्दै काजोलले आफू र पति अजयले सन्तानलाई मिडियाबाट टाढै राख्ने निर्णय गरेको बताएकी थिइन्। किङ खानको नामले चर्चित शाहरूख खानका कान्छो छोरा अबरामलाई क्यामेरा नजिक पर्न बिलकुलै मन लाग्दैन।

एक दिन विमानस्थलमा कसैले क्यामेरा आफूतिर तेर्साएको थाहा पाएपछि उनले अनुहार लुकाएका थिए। तर, शाहरूखकी छोरी सुहाना भने क्यामेरा फ्रेन्ड्ली छन्।

सोहा अली खान र कुणाल खेमूकी एक छोरी इनाया छिन्। यो जोडी पनि आफ्नी छोरीलाई क्यामेराबाट जोगाउन चाहन्छन्। सोहाले आफ्नी छोरीको तस्बिर सार्वजनिक गर्दा कहिल्यै अनुहार देखाएकी छैनन्।

अक्षय कुमार र ट्विंकल खन्ना पनि आफ्ना दुवै बच्चालाई मिडियाबाट टाढा राख्न रुचाउँछन्। ट्विंकलले आफ्नी छोरीको तस्बिर सार्वजनिक गर्नु पर्दा जहिल्यै पनि पछाडिबाट खिचेको फोटो मात्रै प्रयोग गर्छिन् वा आधा अनुहार मात्रै राख्छिन्।

अर्की प्रख्यात कलाकार रानी मुखर्जी पनि आफ्नी छोरी आदिरालाई मिडियाबाट कसरी जोगाउने भन्ने चिन्तामा रहन्छिन्। रानीले २०१५ मा छोरी जन्माएकी थिइन्। करिब सात वर्षकी उनकी छोरीको तस्बिर विरलै सार्वजनिक भएको देख्न सकिन्छ।



सम्बन्धित खबरहरु

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे