English

नेपाल-मौरिसस खेल : एक तिहाइ दर्शकलाई मैदान प्रवेश गराइने



अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि एक तिहाइ दर्शकलाई मैदान प्रवेश दिने भएको छ।

एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै १५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलका लागि मैदानको कुल क्षमताको ३३ प्रतिशत दर्शकलाई मैदान प्रवेशका लागि अनुमति दिने भएको छ।

यस्तै एन्फाले मैदानको टिकट दर समेत निर्धारण गरेको छ। भिआइपीतर्फ एक हजार र सामान्यतर्फ पाँच सय टिकट निर्धारण गरिएको हो।

यस्तै एन्फाले दुवै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने बताएको छ। यस अघि एन्फा दर्शक प्रवेशमा अनिर्णीत बनेको थियो।

जिल्ला प्रशासनको स्वीकृत पछि एन्फा मैदानमा दर्शक प्रवेश गराउने निर्णयमा पुगेको हो। खेलको लागि मौरिसस टोली हिजो (सोमबार) नै नेपाल आइसकेको छ।

यता, नेपाली टोली भने प्रशिक्षणमा व्यस्त छ। प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। जसमा ९ खेलाडीले पहिलो पटक अवसर पाएका छन्। प्रशिक्षक अब्दुल्लाहले केही दिनमै २३ सदस्यीय टिम घोषणा गर्नेछन्।



सम्बन्धित खबरहरु

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सन्दीपलाई

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

Latest










Popular
Suggested