English

३८ सय बढि शिक्षकको बढुवा विज्ञापन बुधबार



शिक्षक सेवा आयोगले भोलि बुधबार शिक्षक पदका लागि बढुवा खुला गर्ने भएको छ। प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम तहका लागि बढुवा खुला हुनेछ। आयोगका अनुसार आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत) तर्फ ८६७ पद संख्या बढुवा खुला गरिँदैछ।

त्यस्तै कार्य सम्पादन मूल्यांक (७५ प्रतिशत) तर्फ दुई हजार ६२२ पद संख्यामा बढुवा खुला हुँदैछ। आयोगका सूचना अधिकारी (उपसचिव) सुदर्शन मरहट्ठाका अनुसार आन्तरिक प्रतियोगितात्मकतर्फ ३० दिनसम्मको म्याद हुने र त्यसपछि दोब्बर दस्तुर बुझाएर थप सात दिनसम्म आवेदन दिन सकिने छ। कार्य सम्पादन मूल्यांकनका लागि ३५ दिने म्याद दिइने छ।

आयोगका अनुसार प्राथमिक द्वितीयका लागि सात सय रूपैयाँ र प्रथमका लागि एक हजार रूपैयाँ, निम्नमाध्यमिक द्वितीयका लागि एक हजार र प्रथम द्वितीयका लागि एक हजार दुई सय रूपैयाँ तथा माध्यमिक द्वितीयका लागि एक हजार दुई सय रूपैयाँ र प्रथमका लागि एक हजार पाँच सय रूपैयाँ शुल्क तोकिएको छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार