English

सिटामोल सहज उपलब्ध गराउन सर्वोच्चको आदेश



सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहजरूपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

टीका बहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारसहित सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

बजारमा सिटामोल औषधिको अभाव भएको र संविधानले जनतालाई स्वास्थ्यलाई आधारभूत अधिकारका रूपमा स्वीकार गरेको दाबीसहित उनले सामान्य औषधिको समेत अभाव हुँदा सरकार मुकदर्शक बन्नु संविधानकै उपहास हुने रिट निवेदकको जिकिर छ ।

उक्त रिट निवेदनमाथि मंगलबार न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भएको हो । इजलासले सिटामोलको अभाव हुनुमा कारण देखाउनसमेत विपक्षीहरूलाई आदेश दिएको छ । यसका साथै दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्नुपर्ने या नपर्ने भन्नेबारे छलफलका लागि समेत बोलाएको छ ।

यो पनि
सिटामोलको चरम अभाव
फेरि ह्वात्तै बढ्यो संक्रमितको संख्या



सम्बन्धित खबरहरु

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

सुदूर पूर्वी प्रवासी नेपाली संघ, हङकङले तेक्वान्दो खेलमा नवौं डान हासिल गर्न सफल तुलसी गुरुङ र हालै सगरमाथा आरोहणमा सफलता

इलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी पोष्ट बसपार्क झापाबाट खटिएको प्रहरीद्वारा नियन्त्रित लागु औषध सहित १ जना व्यक्ति पक्राउ

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

Latest










Popular
Suggested