English

कोरोना संक्रमण भएमा यसरी गर्नुहोस् हेरचाह



अहिले मुलुकमा कोरोना अनियन्त्रित हुँदै गइरहेको छ । दैनिक हजारभन्दा बढी संक्रमितको संख्या थपिएसँगै सरकारले समेत केही गतिविधिमा प्रतिबन्धात्मक व्यवस्था शुरु गरेको छ । अहिलेको ओमिक्रोन अन्य भेरियन्टभन्दा बढी संक्रामक भएकोले रोग लाग्नबाट बच्नु एकदमै महत्वपूर्ण भएको छ । त्यसैले, कोभिड संक्रमित हुन बच्नका लागि र संक्रमित भएको खण्डमा केही कुराहरूमा ध्यान दिनुपर्छ ।

-उपचारभन्दा रोकथाम राम्रो गर्नुपर्छ
-अरूबाट कम्तिमा एक फिटको दूरी कायम गर्नुपर्छ ।
-भेन्टिलेसन सुधार गर्नका लागि राम्रोसँग फिट हुने मास्कको प्रयोग गर्ने ।
-कम हावा चल्ने वा भिडभाड हुने ठाउँबाट टाढा रहने ।
-बेलाबेलामा साबुन पानीले हात धुने ।
-कुहिनो वा टिस्युले नाक मुख छोपेर मात्र हाच्छयुँ गर्ने ।

खोप लगाउनुहोस्

सबै सुरक्षाका मापदण्डहरू पालना गर्नुपर्छ । किनकि, अहिले संक्रमितको संख्या ह्वातै बढेको छ । तर, अन्य भेरियन्टको तुलनामा बिरामी सिकिस्त हुने संख्या भने कम छ । केसहरूको गम्भीरता घटेको छ । होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या भने बढेको छ । त्यसैले, त्यो संख्यालाई घटाउनुपर्ने देखिन्छ ।

सामान्य रूपमा देखिएका लक्षणहरू

नाकबाट पानी बग्नु
ज्वरो
अपच
थकान
टाउको दुख्ने
हाच्छयुँ आउने
घाँटी दुख्ने

दैनिक गर्नुपर्ने हेरचाह

अरूबाट कम्तिमा एक मिटरको दूरी राख्ने ।
भेन्टिलेसन सुधार गर्नका लागि राम्रोसँग फिट भएको मास्क लगाउने ।
कम हावा चल्ने वा भिडभाड हुने ठाउँबाट टाढा रहने ।
साबुनपानीले बारम्बार हात हुने ।
कुहिनो वा टिस्युले नाक मुख छोपेर हाँच्छयु गर्ने ।

जल नेती

नाकको मार्गलाई तातो, नुन पानीले सफा गर्नुपर्छ । जलनेतीले साइनस, नाक कान, घाँटीको समस्यालाई कम गर्छ । यसले चिसो र एलर्जीको जोखिम कम गर्छ । यसले माथिल्लो श्वास नलिबाट फोहोर, ब्याक्टेरिया र भाइरसहरू हटाउँछ । त्यसैले, यो महामारीको समयमा जलनेती महत्वपुर्ण हुन्छ ।

गार्गल

टन्सिलको जोखिम कम गर्न नुनपानीले मुख कुल्ला गर्नुपर्छ । यसले घाँटी दुखाइका कठिनाइहरू पनि कम गर्छ ।

स्वास्थ्य जीवनशैली

सन्तुलित आहार सेवन गर्नुपर्छ । चिनी, मैदा, सेतो चामलको सट्टा ब्राउन सुगर, गुँद, कोदो, जौ, फापर आदिको बढी प्रयोग गर्नुपर्छ ।
मौसमी फलफूल तथा तरकारीको अत्यधिक प्रयोग गर्नुपर्छ । खानामा जिरा, धनियाँ, अदुवा, लसुन, बेसार, दालचिनी ल्वांग आदि मसलाको प्रयोग गर्नु पर्छ । काजु, बदाम, ओखर, र किसमिस जस्ता ड्राई फ्रुटको प्रयोग गर्नुपर्छ । यसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

उचित निद्रा

वयस्कहरू सातदेखि ९ घन्टा नियमित सुत्नुपर्छ । यसले शरीरमा ऊर्जा प्रदान गर्छ र प्रतिरक्षा प्रणालीलाई बढाउँछ । तर, अधिक निद्राले कब्जियत, शरीर दुख्ने ,अधिक तैल, डिपरेसन र अन्य रोगहरू निम्ताउँछ । त्यसैले, त्यसैले उमेरअनुसार उचित निदाउनु स्वास्थ्यको लागि लाभदायक हुन्छ ।

राम्रो हाइड्रेसन अनिवार्य छ

शरीरको उचित कार्यका लागि प्रतिदिन २, ३ लिटर पानी पिउन आवश्यक छ ।

उचित व्यायाम र योग

कपालभाँती, भ्रामरी प्राणायाम जस्ता योगको नियमित अभ्यासले शारीरिक, मानसिक आध्यात्मिक स्तरको सन्तुलन गर्छ र प्रतिरक्षा प्रणालीमा सुधार गर्छ । आफ्नो स्वास्थको हेरचाह आफंँैले गर्नुपर्ने हुन्छ । कुनै पनि लक्षणहरु देखिएमा अस्पताल गएर चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

यो पनि…
यस्ता आहारले गराउँछ तनावबाट मुक्त
यी बानीले हुन दिँदैन ‘हार्टअट्याक’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।