English

यी अनौठा इन्डोर प्लान्ट रोप्नुहोस् आफ्नो घरमा



सबैलाई आफ्नो घरमा बिरुवा रोपी सुन्दर बनाउन मन लाग्छ । मानिसहरू घरको विभिन्न कुनामा बिरुवाहरू बाहिर मात्र नभई भित्री ठाउँमा पनि राख्नसमेत रुचाउँछन् । जसले घरमा हरियाली मात्र ल्याउँदैन, वातावरणलाई पनि अझ शुद्ध र रमाइलो बनाउँछ । त्यति मात्र होइन घरको सजावटमा पनि महत्वपूर्ण भूमिका खेल्छ ।

तपाईं आफ्नो घरलाई अझ प्राकृतिक देखाउन घरभित्र बिरुवाहरू बढाउन खोज्दै हुनुहुन्छ भने केही अद्वितीय बिरुवाहरू रोप्ने बिचार गर्नुपर्छ । त्यसैले, आजको लेखमा हामी तपाईंलाई केही यस्ता बिरुवाहरूको बारेमा बताइरहेका छाैं । जुन धेरै हदसम्म कपालको टुक्रा जस्तै देखिन्छन र घरमा निकै आकर्षक लुक पनि दिन्छ ।

पोनिटेल पाम प्लान्ट

अहिले पोनिटेल पाम एक लोकप्रिय बिरुवा बनेको छ । यसको पातलो बल्ब जस्तै ट्रंक र लामो पातहरूले गर्दा यो हेर्नलायक हुन्छ । यसको पातहरूका कारण, यो कपालको तार जस्तै देखिन्छ । तर, यस बिरुवाको विशेषता रुखजस्तै देखिँदैन । यसको लामो, कपालजस्तै पातहरू जुन काण्डको माथिबाट पानीटेल जस्तै बढ्छ । जसका कारण यो बिरुवालाई ‘लोकप्रिय’ नाम दिइएको हो ।

बोनी स्पाइडर प्लान्ट

यो एक धेरै सुन्दर बिरुवा हो । यसका हरिया पातहरू थोरै घुमाउरो हुन्छन् । जसका कारण यी कर्लहरू कपालजस्तै देखिन्छन् । यति मात्र होइन यसको किनारमा क्रिमी सेतो रंग छ । यसको सुन्दर रंग र बनोट हुन्छ । तपाईं आफ्नो बस्ने ठाउँ झुण्डिएको टोकरीमा प्लान्टको रूपमा पनि राख्न सक्नुहुन्छ

लो बुलरुस प्लान्ट

यस बिरुवाको घाँस चम्किलो हरियो रंग र यसमा साना फूलहरू धेरै आकर्षक देखिन्छन् । विशेषगरी, यसलाई सेरामिक भाँडामा रोप्न सकिन्छ । यस बोटलाई पूर्ण सूर्यको किरण चाहिने भएकोले तपार्ईं यसलाई दक्षिण वा पश्चिमतर्फको झयालमा राख्न सक्नुहुन्छ । यो बिरुवालाई घरपालुवा जनावर र बालबालिकाको पहुँचबाट भने टाढा राख्नुपर्छ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

यसरी सजाऔँ घरलाई



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested