English

आँखा हेरेरै मृत्युको भविष्यवाणी गर्न सकिने वैज्ञानिकको दाबी



तपाईंले कसैको मृत्युबारे भविष्यवाणी गर्नुभएको छ ? सर्वसाधारणका लागि निश्चिय पनि यो जटिल कार्य हो । तर, वैज्ञानिकहरुले भने मानिसको आँखा हेरेर उसको मृत्युको भविष्यवाणी गर्न सकिने बताएका छन् । 

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरुले एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रम बनाउन सफल गरेका छन्, जसका माध्यमबाट मानिसहरुको रेटिना हेरेर आयु भविष्यवाणी गर्न सकिन्छ । 

यस्ताे भविष्यवाणी रेटिनाको अध्ययनमा आधारित छ । यो अध्ययन कुनै पनि व्यक्तिको स्वास्थ्यबारे गहिरो अध्ययन गर्न चिकित्सकलाई ‘झ्याल’ को काम गर्ने दाबी गरिएको छ । 

१९ हजार जनाको नेत्र कोषको अध्ययनपछि एआईले रेटिनाको आयु (रेटिन एज) भविष्यवाणी गर्न सफल भएको  मेलबर्ननको सेन्टर फर आई रिसर्चले दाबी गरेको छ ।

‘मृत्युको बढ्दो जोखिमसँग सम्बन्धित स्नायु रोग र भास्कुलर प्रणालीको रोगविज्ञान प्रक्रियाको अध्ययन गर्न रेटिनाको अध्ययनले अद्वितीय पहुँच प्रदान गरेको छ,’ अध्ययनका लेखक तथा युनिभर्सिटी अफ मेलबर्न एन्ड सेन्टर फर आई रिसर्चका प्राध्यापक डा. मिङगुाअङले भने ।

अध्ययनमा युके बायोबैंकमा सहभागी ४० देखि ६९ वर्ष उमेर समूहका एक लाख ३० हजार मानिसहरुको रेटिनाको नमुना अध्ययन गरिएको थियो ।  

 यो पनि
‘पृथ्वीबाहेक अन्यत्र जीवन छ कि छैन भन्ने प्रश्नको जवाफ जेम्स वेबले खोज्नेछ’ (भिडियो पनि)
बृहस्पतिजस्तै अर्को ग्रहको तौल सूर्यबराबर



सम्बन्धित खबरहरु

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड