English

कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने शिक्षक मौरीपालनमा रमाउँदै



केटाकेटीलाई कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने बागलुङका चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ। ४० वर्षको शिक्षण पेशापछि उनको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको छ।

चाहेको भए रानाले जागिरपछिको जीवन फुर्सद र आराममा पनि बिताउन सक्थे। नपुग्दो केही थिएन। गाउँमा पूर्वशिक्षकको मानमनितो छँदै थियो। तर ६१ वर्षीय उनले त्यो बाटो रोजेनन्। बिनाइलम समय खेर फाल्न रानाको मनले मानेन।

जैमिनी नगरपालिका-७ जैदी, बोरका रानाले घरमा पहिले रहेका एक-दुई घार मौरीलाई व्यावसायिक रूप दिने योजना बनाए। विसं २०६२ तिर उनले तीन हजार ५०० तिरेर छिस्तीबाट एक घार मौरी ल्याएका थिए। विसं २०७४ पछि मात्र रानाले मौरीपालन विस्तार गरे। अहिले उनकोमा ४५ घार मौरी छन्। आउँदो वर्षभित्र सय घार पुर्‍याउने रानाको लक्ष्य छ।

गाउँघरको महमा मिसावट नहुने र स्वास्थ्यबर्द्धक मानिने हुँदा ग्राहकको रोजाइमा पर्छ। रानाले मह बेचेर वर्षमा डेढ लाख जति आम्दानी हुने गरेको बताए। सय घार पुर्‍याउँदा कमाइ दोब्बरले बढ्ने उनको भनाइ छ।

‘विसं २०७० बाट घार थप्दै आएँ, व्यावसायिकरूपमा गर्न थालेको यस्तै तीन-चार वर्षजति भयो’,रानाले भने। उनले ‘फार्म’को व्यावसायिक नाम ‘कृषि तथा दीप मौरीपालन’दिएका छन्। रानाले गएको याममा ५२ किलो मह बेचेको सुनाए। कात्तिक-मंसिर र वैशाख-जेठ गरी दुई याममा मह काढ्नछन् उनी। प्रतिकिलो रु एक हजार २०० मा घरबाटै मह बिक्री हुने गरेको रानाको भनाइ छ।

‘मह गाउँमै खोसाखोस हुन्छ, उत्पादन गर्न सके बिक्रीको कुनै समस्या छैन’, रानाले भने। गाउँघरको महमा मिसावट नहुने र स्वास्थ्यबर्द्धक मानिने हुँदा ग्राहकको रोजाइमा पर्छ। रानाले मह बेचेर वर्षमा डेढ लाख जति आम्दानी हुने गरेको बताए। सय घार पुर्‍याउँदा कमाइ दोब्बरले बढ्ने उनको भनाइ छ। गत वर्ष कृषि ज्ञान केन्द्रबाट रानाको ‘फार्म’ले एक लाख ४६ हजार अनुदानसमेत पाएको थियो। सो अनुदानबाट व्यवसाय बढाएको रानाले बताए।

‘अनुदान र प्राविधिक सहयोग पाएमा मौरीपालन व्यवसाय बढाउँदै लाने सोचमा छु’, उनले भने, ‘कम लगानीले पुग्ने, समय पनि धेरै दिनु नपर्ने हुँदा मौरीपालन सहज छ, व्यावसायिक हुन सके आम्दानी पनि राम्रो छ।’ विसं २०७७ असारमा शिक्षण पेशाबाट अनिवार्य अवकाश लिएपछि आफूले पूरै समय मौरीपालनमा दिन पाएको रानाले बताए। सुरुआतमा उनका कान्छा छोरा दीपेनले मौरीपालनमा रानालाई बढी सघाउथे। पछि छोरा दीपेन पनि भारतीय सेनामा भर्ती भएपछि व्यवसायको मुख्य भार रानामाथि नै छ।

कम लागत र व्यवस्थापनमा राम्रो आम्दानी हुने भएपछि किसान मौरीपालन व्यवसायतिर आकर्षित छन्।

श्रीमती मायाको उनलाई दरिलो साथ छ। अरू छोराछोरी पनि रोजगारी र पढाइमा घर बाहिर छन्। कुराकानीका क्रममा रानाले आफू पाँच वर्षको छँदा भएको अप्रिय घटना पनि सम्झन पुगे। उनको अहिले बायाँ हात छैन। शारीरिक अपाङ्गतासँग पनि राना जुँधिरहेका छन्।

घरमै खेल्ने क्रममा जाँतोमा थिचिएर हात गुमाउनुपरेको रानाले सुनाए। शारीरिक जटिलताबीच पनि शिक्षण पेशामार्फत उनले चार दशक समाजको सेवा गरे। पेशाबाट निस्कँदा पनि उनले आफ्नो आँट र साहसलाई कायमै राखे।

विसं २०३७ देखि २०७७ सम्म गाउँकै भगवती प्राविमा उनले अध्यापन गरे। स्थानीय स्रोतको शिक्षक हुँदै २०४१ मा अस्थायी र २०४८ मा स्थायी भएर गत वर्ष उमेरहदका कारण रानाले अनिवार्य अवकाश पाएका हुन्। ‘अपाङ्गता भए पनि मौरीको रेखदेख, स्याहारसुसार म आफैं गर्छु, ठूलो काम पर्दा मात्र ज्यालादारीमा कामदार लगाउने गरेको छु’, रानाले भने, ‘शिक्षणपछि मेरो रुचिको पेशा मौरीपालन भएको छ, यसमै रमाइरहेको छु।’

मौरीपालनको पकेट जैदीमा दर्जनौँ किसान त्यस पेशामा छन्। बोर नजिकै धुल्लुगाउँका मोहराज उपाध्यायको मौरीपालन उद्योग जिल्लाकै ‘व्यावसायिक नमूना फार्म’ले चिनिन्छ। उद्योगमा २०० घार मौरी छन्। उपाध्यायले मह बेचेर वार्षिक रु १० लाख बढी कमाउँछन्। कृषि ज्ञान केन्द्रका अनुसार जैदीसहित छिस्ती, धुल्लुबास्कोट, कुश्मीसेरा, भकुण्डे, पाला, रेश, मालिका, दगातुम्डाँडा, मल्म, दुदिलाभाटी, हटियालगायत मौरीपालनका लागि पकेट क्षेत्रमा पर्छन्।

कम लागत र व्यवस्थापनमा राम्रो आम्दानी हुने भएपछि किसान मौरीपालन व्यवसायतिर आकर्षित छन्। जिल्लामा सेरेना प्रजातिको मौरीपालन हुने गरेको छ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।