English

जंगलको बिचमा एक्लो जीवन



सेतै फुलेका कपाल। चाउरी परेको अनुसार। नसैनसा भरिएका हात खुट्टा। अँध्यारो चुलोमा पकाउँदै गरेको खानेकुरा। घरको परिवार भन्नु नै एक मात्रै। यी हुन तेह्रथुम छथर गाउँपालिका-३ पञ्चकन्या लुकुवाकी ७८ वर्षीया श्रीहाङमा लिम्बुनी।

उमेरमा विवाहका लागि धेरैले मन पराए। तर, उनले विवाह गरिनन्। जंगलको बिचमा खरले छाएको घरमा बस्दै आएकी छिन्। घरमा स्थानीय सरकारले बिजुली जडान दिएको थियो। तर,तार मुसाले काटी दिएपछि उनको हरेक रात अँध्यारो मै बित्छ। घर नजिकै रहेको सानो झुप्रोमा रात काट्छिन्।

उनको घरमा खानेपानीको धारा जोडिएको छैन। करिब आधा घण्टाको बाटोबाट बिहानभर लगाएर खानेपानी जोहो गर्नु पर्छ उनले। नजिकै घर छैनन्। लिम्बु भाषा मात्रै बोल्ने गर्छिन्। नेपाली भाषा बोल्न त के बुझ्नै समस्या छ। समस्या हुँदा कसैले सुन्लान र सहयोग पाउँला भन्ने छैन। नजिकै बजार पनि छैन। उनलाई केही कुरा खान मन लागे बजारसम्म पुग्ने अवस्था छैन। खाली खुट्टा नै घरभित्र बाहिर गर्दै आएकी छन्। चुहिएको छानोमुनि रात कटाउनु उनको बाध्यता नै हो।

लिम्बुनी भन्छिन्, ‘मलाई मासु खान मन लाग्दा पनि खान पाउँदिन। छिमेकीहरूले कहिलेकाहीँ ल्याइदिन्छन्। उमेर हुन्जेल त राम्रै थियो। खान लगान समस्या थिएन। आफैं बारीमा अन्न फलाउँथेँ। तर,अब त सक्दिन। मर्ने बेला भयो। बिरामी हुँदा पानी दिनेसम्म कोही छैनन्। दिदीको छोराले चामल र तरकारी माछा-मासु ल्याई दिन्छन्।’

उनको घरमा खानेपानीको धारा जोडिएको छैन। करिब आधा घण्टाको बाटोबाट बिहानभर लगाएर खानेपानी जोहो गर्नु पर्छ उनले। नजिकै घर छैनन्। लिम्बु भाषा मात्रै बोल्ने गर्छिन्। नेपाली भाषा बोल्न त के बुझ्नै समस्या छ। समस्या हुँदा कसैले सुन्लान र सहयोग पाउँला भन्ने छैन।

उनलाई समस्या पर्दा दिदीको छोरा टेकेन्द्र लिम्बुले सहयोग गर्दै आएका छन्। सानीआमालाई हप्तादिन दश दिनमा खानेकुरा पुर्‍याइदिने गरेका छन्। टेकेन्द्र भन्छन्, ‘सानीआमा एक्लै बस्नु भएको छ। भावीले जे लेखेको त्यै भोगेर मर्छु भन्नु हुन्छ। म उहाँको लागि चामल, माछा, मासु र तराकारी पुर्‍याई दिनेगर्छु। घरमा धारा छैन। सानीआमालाई खानेपानीको समस्या छ। स्थानीय सरकारले खानेपानीको लागि सहयोग गरे हुन्थ्यो। हामीसँग जाउँभन्दा पनि मान्नु हुन्न।’

लिम्बुनीको बाँच्ने आधार भनेकै सामाजिक सुरक्षा भत्ता बनेको छ। उनका दिदीको छोराले भत्ता बुझ्ने गरेका छन्। भत्ताले आमालाई चाहिने सामाग्री किनेर पुर्‍याउँदै आएका छन्। लिम्बुनीको छिमेकी सुजन लिम्बुले भ्याएसम्म हेरचाह गर्दै आएका छन्। छिमेकी र दिदीको छोराले हेरचाह गरे पनि आफ्नै घरमा परिवार भएको जस्तो सहज छैन।

सुजनले गाउँ-घरमा मासु, माछा पाउँदा पुर्‍याइदिने गरेको बताए। सुजन भन्छन्, ‘बजु एकल हुनुहुन्छ। मनले चाहेको कुरा खान पनि पाउनु भएको छैन। हामी छिमेकीले त कहिलेकाहीँ न हो हेरचाह गर्ने।’शारीरिक रूपमा अशक्त हुँदै गएपछि ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न समस्या हुने गरेको छ। सहाराविहीन यी र यस्ता नागरिकलाई जीवन निर्वाह गर्न समस्या हुँदै आएको छ।



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

Latest










Popular
Suggested