English

दालमा आत्मनिर्भर बन्न २ लाख ८४ हजार मेट्रिक टन खाँचो



दाल । नेपाली भान्साको विशेष परिकार । अझ भनौँ नेपालमा वर्षभरि नै उत्पादन हुने अन्न । कृषि विज्ञहरुका अनुसार नेपालमा गुणस्तरीय दलहन उत्पादन हुन्छ । त्यसो त वर्षेनी १० देखि १२ हजार टनसम्म निर्यातसमेत हुँदै आएको छ । तर, बिडम्बना स्वदेशमै उत्पादित गुणस्तरीय दाल निर्यात हुन्छ अनि आयात गरिएको दालले नेपालीको छाक टर्ने गरेको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रकी वैज्ञानिक डा. पल्लवी सिंह बताउँछिन् ।

‘नेपालमा उत्पादित मुसुरो पौष्टिक तत्वले भरिपूर्ण र राम्रोसँग पाक्ने भएकाले बाहिरी देशको नजर पर्छ,’

डा. पल्लवी सिंह
वैज्ञानिक , राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र

कोसेबाली अनुसन्धान कार्यक्रमका अनुसार ०७५–०७६ मा झन्डै १२ हजार र ०७६–०७७ मा १० हजार टन दाल निर्यात भएको छ । उत्पादित मुसुरो दाल बंगलादेशमा निर्यात हुँदै आएको सिंहले जानकारी दिइन् । ‘नेपालमा उत्पादित मुसुरो पौष्टिक तत्वले भरिपूर्ण र राम्रोसँग पाक्ने भएकाले बाहिरी देशको नजर पर्छ,’ डा. सिंहले भनिन्, ‘तर, गुणस्तर नचिनेर हामीले धमाधम निर्यात गरिरहेका छौं ।’

यद्यपि, नेपाल भने भारत, चीन, क्यानडा, रुस, अमेरिका, युक्रेन, फ्रान्स लगायतका राष्ट्रमा दलहनका लागि निर्भर छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार ०७७–०७८ मा २८ करोड ४५ लाख केजी अर्थात् २ लाख ८४ हजार मेट्रिक टन बराबरको दलहन आयात गरेको छ । जसलाई २१ अर्ब ४५ करोड ७१ लाख रुपियाँमा खरिद गरिएको हो ।

पदम प्रसाद पौडेल
वैज्ञानिक, कोसेबाली अनुसन्धान कार्यक्रम

‘नेपालमा गुणस्तरीय दाल फल्छ यसको उत्पादन बढाउनका लागि सरकारले कृषकमुखी योजना ल्याउन जरुरी छ,’

यसरी अर्बौको दाल आयात गर्नुभन्दा आफ्नै उत्पादनमा लगानी गरे गुणस्तरीय दाल फलाएर आत्मनिर्भर बन्न सकिने कोसेबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक पदम प्रसाद पौडेल बताउँछन् । ‘नेपालमा गुणस्तरीय दाल फल्छ यसको उत्पादन बढाउनका लागि सरकारले कृषकमुखी योजना ल्याउन जरुरी छ,’ उनले भने, ‘यदि किसानलाई थोरैमात्र हौसला बढाउने कृषि कार्यक्रम ल्याउने हो भने दलहनमा नेपाल आत्मनिर्भर बन्न गाह्रो छैन ।’

दुई लाख ८४ हजार मेट्रिक टन खाँचो

केन्द्रको तथ्याङ्कअनुसार नेपालले औसत २ लाख ८४ हजार मेट्रिक टन दलहन आयात गरेको देखिन्छ । उसो त नेपाललाई दलहनमा आत्मनिर्भर बन्न यही परिमाण दाल उत्पादन गर्न आवश्यक देखिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार वर्षेनि तीन लाख हेक्टर बराबरको क्षेत्रफल जमिनमा दलहन खेती भइरहेको छ । जहाँ झन्डै चार लाख मेट्रिक टन बराबरको दाल उत्पादन हुन्छ ।

०७४–०७५ मा ३ लाख ११ हजार हेक्टर क्षेत्रफल गरिएको खेतीमा साढे ३ लाख मेट्रिक टन दलहन बाली उत्पादन भएको थियो । ०७५–०७६ मा ३ लाख ३२ हजार हेक्टर जमिन क्षेत्रफल गरिएको खेतीमा ३ लाख ८२ हजार मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी, ०७६–०७७ मा करिब ३ लाख ४१ हजार हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । र, ४ लाख मेट्रिक टन दलहन बाली उत्पादन भएको थियो ।

वर्षात् वा वसन्ते बालीअन्तर्गत मास, भटमास, रहर, मुंग, बोडी, गहत, मस्याङ र जुम्ली सिमी उत्पादन गर्न सकिन्छ । हिउँदमा मुसुरो, चना, राज्मा, केराउ, खेसरी र बकुला सिमीको खेती गर्न सकिने कृषि विज्ञहरुको भनाइ छ ।

यसरी हुन सकिन्छ आत्मनिर्भर

कोसेबाली अनुसन्धान कार्यक्रमका अनुसार भौगोलिक क्षेत्रअनुसार दालबाली वर्षको एकपटक मात्र खेती गरिएको पाइएको छ । त्यो पनि उपभोगका लागि मात्रै । तराई क्षेत्रमा किसानले उपभोगभन्दा बढी उत्पादन गरेको मुसुरो दाल भने निर्यात भएको । यो सँगै अन्य प्रजातिका दाललाई भौगोलिकताका आधारमा उत्पादनमा जोड दिने हो भने आत्मनिर्भर बन्न सकिने डा. सिंह बताउँछिन् ।

वर्षात् वा वसन्ते बालीअन्तर्गत मास, भटमास, रहर, मुंग, बोडी, गहत, मस्याङ र जुम्ली सिमी उत्पादन गर्न सकिन्छ । हिउँदमा मुसुरो, चना, राज्मा, केराउ, खेसरी र बकुला सिमीको खेती गर्न सकिने कृषि विज्ञहरुको भनाइ छ ।

‘नेपालमा कोसेबालीको खेती गर्न सकिने थुप्रै जग्गा छ,’ उनले भने, ‘तराई र मध्य पहाडमा धान बालीपछि खाली खेतमा मुसुरो उत्पादन गर्न सकिन्छ, तराईमा गहुँबाली काटिसकेपछि मुंगको खेती गर्न सकिन्छ ।’

कोसेबाली अर्थात् दलहन बाली हुने खेतहरूमा सिँचाइको सुविधा रहे पनि अन्य बालीमा किसानको आकर्षण रहेको वैज्ञानिक पौडेल बताउँछन् । ‘नेपालमा कोसेबालीको खेती गर्न सकिने थुप्रै जग्गा छ,’ उनले भने, ‘तराई र मध्य पहाडमा धान बालीपछि खाली खेतमा मुसुरो उत्पादन गर्न सकिन्छ, तराईमा गहुँबाली काटिसकेपछि मुंगको खेती गर्न सकिन्छ ।’

दाल बालीको खेती तथा उत्पादन वृद्धिका लागि उन्नत बीउ प्रयोगमा जानकारी, बाली व्यवस्थापनमा जोड र उत्पादन भएको बालीको बजार सुनिश्चितामा जोड दिनु पर्ने पौडेलले बताए ।

‘ कृषिको लागि अनुदान आए पनि कृषकसम्म पुग्न सकेको छैन, यसलाई पनि सम्बन्धित निकायले व्यवस्थित गर्नुपर्छ अनिमात्र हामी कृषिमा आत्मनिर्भर बन्न सक्छौं ।’

डा. दिलनाथ दंगाल
अर्थशास्त्री

कोसेबाली प्राकृतिक प्रकोपले अन्य बालीभन्दा धेरै असर गर्ने भएकोले बाली बिमामा सहुलियत दिनुपर्ने आवश्यक रहेको विज्ञहरूको भनाइ छ ।

कृषि क्षेत्र व्यवस्थित नभएकाले युवा आकर्षण घट्दो छ । युवा आकर्षण बढाउन सकेमा आयातमा निर्भर हुन नपर्ने अर्थशास्त्री डा. दिलनाथ दंगाल बताउँछन् । ‘उत्पादित वस्तुको बजार व्यवस्थापनका लागि कृषि एम्बुलेन्स, कृषि वस्तुको पकेट एरिया तोक्ने, समयमा मलखादको उपलब्ध गराउनुपर्ने आवश्यक छ,’ उनले भने ‘ कृषिको लागि अनुदान आए पनि कृषकसम्म पुग्न सकेको छैन, यसलाई पनि सम्बन्धित निकायले व्यवस्थित गर्नुपर्छ अनिमात्र हामी कृषिमा आत्मनिर्भर बन्न सक्छौं ।’

कृषि क्षेत्रमा आधुनिकता, यान्त्रीकरण, प्रविधिकरणलाई जोड दिएमा दलहन बाली मात्र नभई खाद्यवस्तुको आयातलाई रोक्न सकिने उनको भनाइ छ ।

यो पनि…
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो
गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।