कोभिड भ्याक्सिनपछि शारीरिक सम्पर्क कति सुरक्षित ?
कोभिड–१९को खोप कार्यक्रमहरू भइरहेका छन् । कोरोना खोपलाई लिएर धेरै प्रश्नहरू पनि मानिसहरूको मनमा उठिरहेको छ । कोभिड भ्याक्सिन लगाएपछि यौन सम्पर्क गर्न कति सुरक्षित छ ? यस्तो अवस्थामा कोभिड भ्याक्सिन लिएपछि घनिष्ट सम्बन्धको बारेमा यसो भन्छन् चिकित्सक तथा विज्ञहरू ।
एक्सपर्टसको सल्लाह
विज्ञहरूले खोपले दीर्घकालीन असर गर्छ वा शारीरिक सम्बन्ध राखेपछि मानिसहरूलाई यसले असर गर्छ कि गर्दैन भन्नेबारे कुनै ठोस राय दिएका छैनन् । तर, यस्तो अवस्थामा शारीरिक सम्बन्ध राख्दा सुरक्षित विधि अपनाए राम्रो हुने विज्ञहरूको तर्क छ । यसमा पुरुष स्यंमसेवकहरूले तीन महिनासम्म शुक्रकीट दान नगर्न सुझाव दिएका छन् ।
अपनाउनुहोस् यस्ता विधि
कोभिडको समयमा यौन सम्पर्क गर्ने विषयमा जानकारी लिनुपर्छ । यदि, जानकारी नपाइएमा सुरक्षितका लागि विकल्प अपनाउन विज्ञहरूले सुझाव दिइरहेका छन् । खोप लगाइसकेपछि यौन सम्पर्क गर्न कण्डमको प्रयोग अवश्य गर्नुहोस् ।
महिला बढी सावधानी
खोप लगाउन लागेका महिलाहरूले एकपटक स्त्री रोग विशेषज्ञसँग पनि परामर्श लिन सक्नुहुन्छ । सबै महिलाको शारीरिक र स्वास्थ्य अवस्था फरक हुन सक्छ । यस्तो अवस्थामा खोपको प्रभाव कति सुरक्षित छ भन्नेबारे पूर्ण जानकारी दिन सकिँदैन । सरकारको तर्फबाट गर्भवती र सुत्केरी महिलालाई मात्र खोप नलिन सुझाव दिएको छ ।
कोरोना संक्रमणका बेला शारीरिक सम्बन्ध
एक अनुसन्धानले संक्रमित व्यक्तिको वीर्यमा कोरोना भाइरस जीवित रहँदैन भन्ने खुलासा गरेको छ । यस्तो अवस्थामा व्यक्तिको पार्टनरलाई कुनै खतरा हुदैन । यो अध्ययन चीनको वुहानमा कोभिडका बिरामीहरूमा गरिएको थियो । तर, यो अनुसन्धानमा ३४ जना मात्र समावेश भएका थिए । विज्ञरूका अनुसार खोप लिनेहरूले ३ देखि ६ महिनासम्म आफ्नो पार्टनरसँग शारीरिक सम्बन्ध राख्नबाट जोगिनुपर्छ ।
यो पनि…
गर्भावस्थामा सेक्स गर्दा यी कुरामा ध्यान दिऔं
लामो समयसम्म यौन आनन्द लिन यसो गर्नुहोस्