English

१०० अंकले नेप्से घट्दा बजार राताम्मे



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १०० अंक घटेर बन्द भएको छ। बजार खुलेदेखि नै ओरालो लागेको नेप्से, यस दिन ३.४३ प्रतिशत घटेको हो।

बजार उच्च अंकले घट्दा पनि यस दिन दुई कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कुल कारोबार भएका २२८ कम्पनीमध्ये जम्मा ८ कम्पनीको शेयरमूल्य बढेको छ। जसमध्ये विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो।

विन नेपाल लघुवित्त, नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभिएपश्चात बनेको कम्पनी हो। यी दुई लघुवित्तले गत कात्तिक १५ गतेदेखि एकिकृत कारोबार शुरु गरेका थिए। मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर गत साता मात्र फुकुवा भएको थियो। त्यसैगरी, बुद्धभुमि नेपालको शेयर पनि गत साता मात्र नेप्सेमा सूचीकृत भइ कारोबारमा आएको कम्पनी हो।

यस दिन ज्योति लाइफ, गोर्खाज फाइनान्स, सानिमा लार्ज क्याप फण्ड, जनउत्थान सामुदायिक लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र सिद्धार्थ बैंकको ऋणपत्रको मूल्य सामान्य बढेको छ।

कारोबारमा आएको कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, आशा लघुवित्त र ओरियन्टल होटलको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन नेप्से परिसूचक १००.१० अंक घटेर २८२०.४१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १८.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ७.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.१९ अंक घटेको छ। यस दिन २२८ कम्पनीको १ लाख १३ हजार २०५ पटकको कारोबारमा ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।

यस दिन २२८ कम्पनीको १ लाख १३ हजार २०५ पटकको कारोबारमा ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशिया बैंकको ३६ करोडभन्दा बढी र अरुण भ्याली हाइड्रोपावरको ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक घटेका छन् जसमध्ये वित्त, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेका छन्।

यो पनि
सेयर बजारमा दोहोरो अंकको गिरावट
पेट्रोल, डिजेल र मट्टीतेलको बढेको मूल्य कति ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।