English

गलैँचाले बढाउनुहोस् घरको सौन्दर्यता



महँगो शो पिसमा पैसा लगानी गर्नुको साटो घरलाई फरक लुक दिन राम्रो गलैँचाहरूमा पैसा खर्च गर्नुहोस् । जुन सस्तो हुनुका साथै घरको मेकओभरका लागि पनि उत्तम हुन्छ । घरको कुनै पनि कुनालाई विशेष बनाउन गलैँचाहरू धेरै महत्वपूर्ण हुन्छ ।

आजकल बजारमा पाइने विभिन्न डिजाइनका सादा, रंगीन, फ्लोरल र फलफूलका गलैँचाहरूले घरको सौन्दर्य बढाउन काम गरिरहेका हुन्छन् । हरेक ठाउँलाई मेकओभर गर्नका लागि उत्तम मानिन्छ ।

सबैजना आफ्नो घरलाई अलि फरक लुक दिन चाहन्छन् । यस्तो अवस्थामा घरको सजावटमा रगको विशेष महत्वपूर्ण हुन्छ । यदि, तपाई कलात्मक हुनुहुन्छ भने तपाईं आफ्नो घरलाई इच्छाअनुसार सजाउन सक्नुहुन्छ । कार्पेटहरू ठूला साइजका छन् भने त्यसमा घरको फर्निचर राख्नुहोस कि त्यसको सौन्दर्य देखियोस् ।

बैठक कोठा वा सुत्ने कोठामा ओछ्यान वा सोफालाई यसरी राख्नुहोस् कि यसको फर्निचरले दाबिने गरी राख्नुपर्छ ।

सानो गलैँचाको सजावट

यदि, गलैँचाहरू सानो आकारमा छन् भने खाली ठाउँमा राख्नुहोस् । यसबाहेक सादा ठूला गलैँचाको माथि साना गलैँचा लगाएर पनि लेयरिङ मिलाउन सकिन्छ । यद्यपि, ती गलैँचाहरूको डिजाइन सरल हुनुपर्छ ।

मध्यम आकारका गलैँचाको सजावट

मध्यम आकारका गलैँचाहरू फर्निचरको अगाडि थिचिनेगरी सबै सम्मान रूपले मिलाउनुपर्छ । डाईनिङ रुमको सोफा वा कुर्सी यसरी मिलाइएको गलैँचाको संयोजनमा सुन्दर देखिन्छ । हुन त अहिले भित्तामा पनि गलैंचा राख्ने चलन पनि चलिरहेको छ । तर, यसको प्रयोग र आकारमा ध्यान राख्नु जरुरी हुन्छ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

यसरी सजाऔँ घरलाई



सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइएको छ। वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ ।

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक