English

नाइट क्लबमा आगो लाग्दा १६ जनाको मृत्यु



याओउन्डीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ । क्यामरुनको राजधानी सहरस्थित उक्त क्षेत्रमा भएको आगलागीमा परी आठ जना घाइते भएका छन् । नाइट क्लबमा राखिएको पटाका पड्किँदा आगो लागेको हो । पटाकाबाट सल्किएको आगो केही मिनेटमा क्लबभर फैलिएको थियो । 

घटनाबारे सरकारले अनुसन्धान शुरु गरेको छ । बिस्फोटमा मृत्यु भएका व्यक्तिका आफन्तप्रति राष्ट्रपति पाउल वियाले गहिरो समवेदना व्यक्त गरेका छन् ।

आगलागीमा जलेकामध्ये केहीको अवस्था गम्भीर रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । क्यामरुनमा यसअघि पनि नाइट क्लबमा आगो लाग्दा क्लबमा रमाउन गएका मानिसहरुको जलेर मृत्यु भएको थियो । 

यो पनि

टर्कीमा राष्ट्रपतिविरुद्ध बोल्ने महिला पत्रकारलाई जेल सजाय
अमेरिकाले दियो युक्रेन दूतावासका कर्मचारीलाई देश छोड्न निर्देशन



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

हरेक वर्ष अगष्ट १२ तारिखलाई विश्व हात्ती दिवसका रुपमा मनाईन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो ।

मानिस र समुदायको सुरक्षा गर्दै यसैलाई केन्द्रमा राखेर संरक्षणको काम गर्नु संस्थाको मुख्य प्राथमिकता रहेको डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ घनश्याम