English

राजमार्ग बन्दा खुसी, दशकदेखि पुल नबन्दा चिन्तित



झापाको गौरीगञ्ज-१ का ७३ वर्षीय रामप्रसाद प्रसाईं २०३२ सालमा झापा आउँदा जग्गा प्रतिबिघा १०/१२ हजार थियो। वरिपरि जंगल थियो। भारतबाट आउने डाकाका कारण बस्नै मुश्किल थियो।

जंगलको बीचमा चिठ्ठी बोकेर हिँड्ने हुलाकी हिँड्ने सानो बाटो थियो। ‘म त सानैमा आसाम गको थिएँ। फर्केर आउँदा बुबाआमा यो ठाउँमा बस्नुभएछ। मलाई त बस्ने मनै थिएन। तर, बुबाआमाका कारण बाध्य भएर बसेँ,’ प्रसाईं भन्छन्, ‘यहाँ त पहिला त बिरक्त लाग्ने ठाउँ थियो। भारतका डाकाले गोठबाटै गोरु चोरेर लैजान्थे।’

आसाममा गाई पालेर ल्याएको पैसाले चार बिघा जमिन किने। उनको जमिन हुलाकी हिँड्ने बाटोसँगै जोडिएको थियो। पछि हुलाकी हिँड्ने बाटोमा ठूलो सडक बनाउने चर्चा सुरु भयो। हुलाकी राजमार्ग बन्छ भन्ने उनलाई पत्यार थिएन।

‘हामी आएको केही वर्षबाट नै हुलाकी राजमार्ग बन्छ भन्ने चर्चा सुनेका थियौँ। तर, लामो समयसम्म हल्ला मात्र भयो कसरी विश्वास गर्ने?,’ उनी भन्छन्, ‘पहिला त कहाँ आएर पसेँ जस्तै हुन्थ्यो। हुलाकी राजमार्गभन्दा पहिला जताततै बाटो बन्यो।’

‘हामी आएको केही वर्षबाट नै हुलाकी राजमार्ग बन्छ भन्ने चर्चा सुनेका थियौँ। तर, लामो समयसम्म हल्ला मात्र भयो कसरी विश्वास गर्ने?,’ उनी भन्छन्, ‘पहिला त कहाँ आएर पसेँ जस्तै हुन्थ्यो। हुलाकी राजमार्गभन्दा पहिला जताततै बाटो बन्यो।’

अहिले उनको घरै अगाडि हुलाकी राजमार्ग छ। कालोपत्रे सडक छ। गत वर्ष हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्जको रतुवा नदीदेखि माई नदीसम्म सडक कालोपत्रे भएको छ। ‘यो ठाउँमा त पिच सडक देख्ने आस नै थिएन। तर, पोहोर साल घरै अगाडि सडक कालोपत्रे भयो,’ उनी भन्छन्, ‘जीवनको उत्तरार्धमा भए पनि कालोपत्रे सडक घरै अगाडि आयो। यो खुसी त कसरी व्यक्त गरौँ?’

गाई पालेर दूध बेचेर खाने प्रसाईंको जीवनमा हुलाकी राजमार्गले ठूलो परिवर्तन आएको छ। राजमार्ग सञ्चालनमा आएपछि उनले उत्पादन गरेको दूधले बजार पाउने आस उनको छ। उनको चार बिघा जग्गाको मूल्य आकाशिएको छ। हुलाकी राजमार्ग आएसँगै विगतमा मूल्य नै नभएको यो ठाउँको जग्गा किन्न दैनिक मान्छेहरू आउने गरेको उनी बताउँछन्।

‘मेरो त सबै जग्गाको मुख हुलाकी राजमार्गमा पर्छ। जग्गा करोडौंको भएको छ। अहिले १५-२० लाख कठ्ठाले माग्न आएका छन्,’उनी भन्छन्, ‘राजमार्ग सञ्चालनमा आएपछि त झन् भाउ कहाँ पुग्छ होला?’

‘मेरो त सबै जग्गाको मुख हुलाकी राजमार्गमा पर्छ। जग्गा करोडौंको भएको छ। अहिले १५-२० लाख कठ्ठाले माग्न आएका छन्,’उनी भन्छन्, ‘राजमार्ग सञ्चालनमा आएपछि त झन् भाउ कहाँ पुग्छ होला?’ हुलाकी राजमार्गअन्तर्गत गौरगञ्ज-२ का होमनाथ निरौलाको नौ कठ्ठा जग्गा छ।

विगतमा जग्गा विक्री गर्छुभन्दा पनि नबिकेको जग्गा किन्न अहिले दैनिक ग्राहक आउँछन्। ‘पहिला त आवश्यक परेर बेच्छुभन्दा पनि विक्री हुँदैन थियो। अहिले दिनैपिच्छे मान्छे आउन थालेपछि अचम्मित छु,’उनी भन्छन्, ‘राजमार्ग संचालनमा आएपछि जीवनस्तर नै होला भन्ने आस छ।’

राजमार्ग आउँदा स्थानीय पवित्रादेवी दाहाल खुसी छिन्। तर,राजमार्गले जग्गाको मूल्य बढाएर मात्र केही नहुने उनी बताउँछिन्। ‘जग्गा खासै छैन। जग्गाको भाउ बढेर मात्र के हुन्छ र? हामी जग्गा खासै नभएका मान्छेले के बेच्नू?,’ उनी भन्छिन्,‘गाउँमा रोजगारी, अस्पताल आए पो हामीले सुख पायौँ भन्न मिल्थ्यो।’

‘सडक त बन्यो। तर, दश वर्षभन्दा धेरै समयदेखि माई, बिरिङलगायतको पुल बनेको छैन। यसले हामीलाई एकदमै चिन्ता थपेको छ,’ रामप्रसाद भन्छन्, ‘हाम्रो जीवनकालमा यी पुल त चल्ला जस्तो लाग्न छाड्यो।

हुलाकी राजमार्गले स्थानीयमा खुसी त ल्याएको छ। तर, राजमार्गअन्तर्गत पर्ने नदीहरूमा दशकदेखि पुल निर्माण नहुँदा स्थानीय चिन्तित् छन्। पुलकै कारण आफ्नो जीवनकालमा राजमार्ग नचल्ने हो कि भन्ने चिन्ता पनि छ।

‘सडक त बन्यो। तर, दश वर्षभन्दा धेरै समयदेखि माई, बिरिङलगायतको पुल बनेको छैन। यसले हामीलाई एकदमै चिन्ता थपेको छ,’ रामप्रसाद भन्छन्, ‘हाम्रो जीवनकालमा यी पुल त चल्ला जस्तो लाग्न छाड्यो। सरकारले पनि पुल निर्माणमा ध्यान दिनुपर्‍यो। नभए त सडक मात्र बनेर के गर्नू? प्रयोग भएन भने के काम?’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।