English

सार्वजनिक यातायातमा मास्क र भौतिक दूरी अनिवार्य



कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौंमा सार्वजनिक यातायातमा मास्क र भौतिक दूरीलाई अनिवार्य गरिएको छ ।
शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र यातायात मजदुरहरूबीच भएको छलफलमा सार्वजनिक यातायातमा मास्क र भौतिक दूरीलाई अनिवार्य गर्ने निर्णय भएको हो ।

पछिल्लो केही दिन यता कोरोना संक्रमितको दर बढ्दै गएकाले काठमाडौंमा चल्ने सार्वजनिक यातायातमा स्वास्थ्यका मापदण्ड पालना गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए । ‘अहिले सार्वजनिक यातायातमा २५ प्रतिशतले मात्र मास्क लगाउने गरेको र यात्रु मास्क लगाउन अटेर गरेको गुनासो गरेका छन्,’ उनी भन्छन्, ‘अब पनि मास्क लगाउन अटेर गरे यात्रुलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिनेछ ।’

छलफलका क्रममा सार्वजनिक यातायातमा भौतिक दूरी कायम गर्ने, सिट क्षमताभन्दा बढी मान्छे नराख्ने, बसपार्कमा जनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने लगायतका निर्णय भएको भट्टले जानकारी दिए ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested