English

बच्चाको घाँटीमा खानेकुरा अड्किएमा यसो गर्नुस्



बच्चाहरू सधैँ खानका लागि उत्साहित हुन्छन् । मनपर्ने चीज खाँदा, तिनीहरू टोकाइ कति ठूलो वा सानो हुनुपर्छ भनेर बिर्सन्छन् । यही कारणले गर्दा खाना खाँदा अक्सर घाँटीमा खाना अड्किन सक्छ । त्यसैले, केही खानेकुरा खुवाउँदा आमाबाबुले बढी ध्यान दिनुपर्छ ।

घाँटीमा केही अड्किएर श्वासप्रश्वास नलीमा कुनै वस्तु वा पदार्थ अड्किएमा श्वासप्रश्वासमा अवरोध आउँछ । यसले खोकी पनि निम्त्याउन सक्छ र गम्भीर अवस्थामा समेत पु¥याउन सक्छ । सामान्यतया खानाको टुक्रा बालबालिकाको घाँटीमा अड्किन सक्छ । यसरी बालबालिकाको घाँटीमा खानेकुरा अड्किए घरमै प्राथमिक उपचारको रूपमा के गर्ने भन्ने कुरा जान्नु जरुरी हुन्छ :

बच्चाको घाँटीमा खानेकुरा अड्कँदा ध्यान दिनुपर्ने कुराहरू

बच्चा अलि ठूलो पाँच वर्षभन्दा माथिको छ भने उसको पेटमा दुईवटा हातले कसेर समातेर झट्का दिनुपर्छ । यसो गर्दा अड्किएको खाना बाहिर निस्कन्छ ।

बच्चा सानो छ भने बच्चालाई आफ्नो काखमा घोप्टो पारेर राख्नुपर्छ । त्यसपछि बच्चाको टाउको र घाँटीलाई सहारा दिनुपर्छ । बच्चाको पिठ्युँ र काँधको बिच भागमा हल्का रूपमा धाप मार्नुहोस्, यो प्रक्रिया दोहोर्याइरहनुपर्छ । यसले अड्केको चिजलाई बाहिर निकाल्छ ।

हत्केलाले बच्चाको पछाडिको काँधको बीचमा हल्का थपथपाउनुहोस् । यसो गर्दा अड्किएको कुरा हट्छ ।

बच्चाको घाँटीमा मात्र हैन कहिलेकाहीँ नाकमा पनि केही चिज अड्कन सक्छ । यस्तो अवस्थामा इयर बड्सको प्रयोग गरेर अड्किएको चिज झिक्ने कोसिस गर्दा झन् त्योभित्र पस्न सक्छ । त्यसैले, सिन्काको प्रयोग गरेर अड्केको चिज झिक्नुपर्छ ।

यी उपायहरू गर्दा पनि अड्किएको चिज निस्किएन भने बच्चालाई तुरुन्त अस्पताल पुर्याएर चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।