English

सातवटा ट्राफिक कार्यालयमा मेसिनबाटै जरिवाना तिर्न सकिने



अब ट्राफिक नियम उल्लंघन गरेको जरिवाना मेसिनबाटै तिर्न सकिने भएको छ । पहिला जरिवाना तिर्न बैंक नै पुग्नु पर्थ्यो । मोबाइल बैंकिङ, तथा डिजिटल वालेट सबैको पहुँचमा नहुँदा रकम जम्मा गरेको भौचर ल्याए मात्रै चालक र धनीले छुट्कारा पाउँथे ।

तर, अब भने यो झन्झट हटेको छ । प्रभु पे को किओस्ट मेसिनबाट भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक महाशाखाले आइतबारबाट सातवटा कार्यालयमा उक्त मेसिन सञ्चालनमा ल्याएको हो ।

ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको विस्तार गरेको हो ,जसमा गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्ग गरी सातवटा कार्यालयमा जरिवाना मेसिनको विस्तार गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोमा आयोजित एक कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्तरूपमा रिबन काटी ‘प्रभु–पे’को किअस्क मेसिन’ को एकैचोटि उद्घाटन गरेका हुन् । सो उद्घाटनपश्चात् सातवटै ट्राफिक कार्यालय सेवा शुभारम्भ भएको छ ।

कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीका अनुसार ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरी आफ्नो कागजपत्रहरू फिर्ता लिन सरल एवं सहज होस् भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका सातवटा कार्यालयहरूमा विस्तार गरिएको बताए । ‘किअस्क’ मेसिनमा सीधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने उनले बताए ।

यो पनि
यो पनि
पेट्रोल, डिजेल र मट्टीतेलको बढेको मूल्य कति ?
यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार