English

गर्मीमा शीतल गर्ने कपडाहरू



गर्मी सिजनमा पहिरनको सही छनौट गर्न सकिएन भने लगाउँदा असहज हुनुका साथै छालामा समेत समस्याहरू देखा पर्छ । गर्मी मौसममा लुगाहरू लगाउँदा बाहिरी तापबाट शीतल गर्ने कपडाहरू छनौट गर्नुपर्छ ।

गर्मी सिजनमा कस्तो कपडा छनौट गर्ने ? कुन कपडा यो सिजनका लागि राम्रो हुन्छ ? जस्ता विषयमा सबैको चासो रहने गरेको छ ।

कटन

कपासबाट निर्माण भएका कपडा सर्वाधिक लोकप्रिय मानिन्छ । अहिले कृत्रिम कपासबाट बनेका कपडाहरू पनि बजारमा पाइन्छ । अहिले शुद्ध कपासका कपडा पाउन गाह्रो हुन्छ । कपासबाट निर्मित कपडा गर्मी मौसमका लागि एकदमै राम्रो मानिन्छ । तपाईँले गर्मी मौसममा लगाउने कपडाको छनौट गर्दै हुनुहुन्छ भने कपासबाट बनेको कटनको कपडाको छनौट गर्नुहोस् । यसले तपाईँलाई गर्मीमा सहज र शीतलताको अनुभूति गराउँछ ।

लिनन

लिनन कपास वाट निर्मित कपडा पछि गर्मीमा बढी लगाइनेमा पर्छ । यो कपडाले शरीरबाट निस्कने पसिनालाई सोस्छ । यसलाई पार्टी वेयर देखि औपचारिक र क्याजुयल अवसरमा लगाउन सकिन्छ । तपाईँले गर्मीमा आफ्नो स्टाइल र डिजाइनमा यस कपडाको छनौट गर्न सक्नु हुन्छ ।

रेसमको कपडा सबैभन्दा महँगो मानिन्छ । यो कपडा भव्यता र लगाउँदा आरामदायी हुने हुनाले राम्रो मानिन्छ । इतिहासमा रेसमका कपडाहरू राजा–महाराजाले प्रयोग गरेको पाइन्छ ।

चम्ब्रे

चम्ब्रे पातलो र हल्का प्रकारको कपडा हो । चब्रेले ट्राउजर, ज्याकेट, टप्स र सर्टहरू हुने गर्छ । गर्मीमा डेनिम प्रेमीहरूका लागि चब्रे अर्को विकल्प हुन सक्छ । यसबाट बनेको ट्राउजर गर्मीमा प्रयोग गर्न एकदमै उपयोगी र सहज हुन्छ ।

खादी

सुती र रेसमको कपडाबाट तयार पारिन्छ, खादी । यो सांस्कृतिक पोसाकको रूपमा लोकप्रिय छ । खादीको कपडा गर्मीको लागि एकदमै राम्रो मानिन्छ । यो कपडाले शरीरबाट निस्किएको पसिना सोस्छ, यसकारण यो कपडा गर्मीमा लगाउँदा राम्रो मानिन्छ ।

रेसम

रेसमको कपडा सबैभन्दा महँगो मानिन्छ । यो कपडा भव्यता र लगाउँदा आरामदायी हुने हुनाले राम्रो मानिन्छ । इतिहासमा रेसमका कपडाहरू राजा–महाराजाले प्रयोग गरेको पाइन्छ । गर्मीको समयमा रेसमको कपडाले शीतल प्रदान गर्दछ ।



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार