English

थारू महिलाको आम्दानी : हस्तकलाका सामग्री



सीपमूलक कार्यमा मधेसी तथा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ । रुपन्देहीको सियारी गाउँपालिकाका मधेसी तथा थारु समुदायका महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । स्थानीय तहको पहलमा उनीहरुले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी आयआर्जनको माध्यम बनाएका हुन् ।

विशेषगरी गाउँपालिकाको पहलमा ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’अन्तर्गत यहाँका मधेसी तथा थारु समुदायका महिलाले ‘हस्तकला तालिम’ लिएर त्यतिकै खेर गइरहेको बस्तुबाट आयआर्जनको माध्यम बनाएका छन् । महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सियारी गाउँपालिका—२ र ३ का महिलाले विभिन्न खोल्सामा पाइने झारपात र खरजस्ता विभिन्न प्रजातिका घासपातबाट बनेको ‘कटरा’लगायत हस्तकलाका सामग्री उत्पादन गरी आयआर्जन गर्न थालेका छन् । उनीहरुले मुढा, म्याट, चकटी, गुन्द्री तथा सजावटका आर्कषक सामग्री बनाएका छन ।

‘यहाँका महिलाले हस्तकलाका सामग्री उत्पादन गर्न थालेपछि न कसैको टोकाइ खानुपरेको छ, न त कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता छ ।’

यहाँका महिलाले स्थानीय स्तरमा विभिन्न समूह गठन गरी दर्ता गराएर काम गरिरहेको गाउँपालिकाले जनाएको छ । जङ्गलबाट खर ल्याई सामग्री बनाउँदै आएको स्थानीयवासी यमुना कुमालले भनिन्, ‘यहाँका महिलाले हस्तकलाका सामग्री उत्पादन गर्न थालेपछि न कसैको टोकाइ खानुपरेको छ, न त कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता छ ।’ उत्पादन गर्न लागेको समयका आधारमा सामानको मूल्य निर्धारण गर्ने गरिएको छ । उनका अनुसार ती महिलाद्वारा उत्पादित सामग्री २ सय ५० देखि ५ सय रुपियाँ सम्ममा विक्री हुने गरेको छ ।

हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदूरी गर्ने बाध्यताबाट मुक्ति मिलेको उनको भनाइ छ । केही वर्षअघिसम्म थोरै रकम जोड्न समस्या पाएका यहाँका महिलाले आफैँले उत्पादन गरेका सामग्रीबाट राम्रो आम्दानी गरिरहेका छन् । हस्तकला व्यवसायले हराउँदै गएको परम्परागत मौलिक हस्तकलाको जगेर्नासमेत भएको उनको भनाइ छ । ‘एकातिर हराउँदै गएको हस्तकलालाई जीवन्त राख्न र व्यवसायबाट राम्रो आम्दानी भएको छ,’ यमुना कुमालले भनिन्, ‘हामीलाई यस्ता तालिमले आत्मनिर्भर मात्रै बनाएको छैन्, आयआर्जनको दरिलो माध्यमसमेत बनेको छ ।’

‘केही गर्छु भन्ने गरिब तथा अति विपन्न महिलालाई विकास सँगसँगै सीप पनि सिकाएका छौं । सो कामका लागि महिलाहरुलाई व्यवसाय गर्न शून्य प्रतिशत ब्याज दरमा लगानी गर्न गाउँपालिकास्थित बैङ्कलाई आग्रह गरेका छौं ।’

गाउँपालिकका अध्यक्ष अयोध्या थारुले गाउँपालिकाले यहाँका महिलालाई विभिन्न किसिमका स्वारोजगारमूलक तालिम दिंदै आएको जानकारी दिए । हस्ताकला तालिमले महिलाहरु रोजगार पाउनुका साथै महिला सशक्तिकरणमा समेत उल्लेख्य योगदान पुगेको उनले बताए । उनले भने, ‘केही गर्छु भन्ने गरिब तथा अति विपन्न महिलालाई विकास सँगसँगै सीप पनि सिकाएका छौं । सो कामका लागि महिलाहरुलाई व्यवसाय गर्न शून्य प्रतिशत ब्याज दरमा लगानी गर्न गाउँपालिकास्थित बैङ्कलाई आग्रह गरेका छौं ।’

हस्तकालाका सामग्रीबाट महिलाले मासिक १०/१२ हजार रुपियाँ आम्दानी गर्ने गरेको र ती सामग्रीको खपतमा समेत कुनै समस्या नभएको उनको भनाइ छ । माग बढ्दै गएपछि सामान पुर्याउन नसकिएको बताइको छ । महिलाबाट उत्पादित हस्तकला सामग्री ठूला होटेल र विदेशबाट आएका पर्यटकका लागि आकर्षक हुने गरेको छ । महिलाले सीपलाई व्यवहारमा उतार्न सके राम्रो आम्दानी हुने र यसबाट आत्मनिर्भर बन्न समेत सहयोग पुग्ने विश्वास तालिमकी प्रमुख प्रशिक्षक खेम कुमारी थारुको छ ।

सियारी गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङ र प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टाराईले महिला सशक्तीकरणका लागि यसप्रकारको तालिम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

घरमा प्रयोग गर्नका लागि मात्र हस्तकलाका सामान बनाउने महिलाले अहिले यसलाई व्यवसाय बनाएको उनको भनाइ छ । महिलाले यहाँको परम्परागत हस्तकलाको सीपलाई परिमार्जन गरी आधुनिक डिजाइनका सामग्री उत्पादन गर्न थालेको प्रशिक्षक थारूले बताइन् । यसले उत्पादन भएका सामानले बजार पाउने गरेको छ । यहाँका नागरिक समाजका अगुवा र युवाले महिलाद्वारा उत्पादित हस्तकला सामग्रीलाई गाउँपालिकाको पहिचानको रुपमा स्थापित गर्ने अभियानमा लागेका छन् ।

सियारी गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङ र प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टाराईले महिला सशक्तीकरणका लागि यसप्रकारको तालिम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

यो पनि…
थारूबस्तीमा माघीको रौनक : महिलाको व्यस्तता बढ्यो
जन्मदेखि मृत्युसम्म यस्तो छ थारू समाजको जीवनशैली



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०