English

नाल्दुम



मेरो प्रिय !
नगरकोट रिसोर्टबाट
मलाई तिम्रो काखमा लटपटिएर
भाले डाकमा उदाएको घाम हेर्नुछैन
यो नगरकोट

हाम्रो नाल्दुम नाम्सा हो,
हाम्रो आखे म्हेम्हेले महाभारत फन्को मारेर
बोकेको ढुङ्गामा कुँदेको
छ्योर्तेनको आँखा साक्षी छ

नाल्दुम मासिएपछि
कोट खोलेर आलो कोत ओसारे नाम्सामा
उत्सब मच्चाएर
नाल्दुमलाई थचक्क बसाए ।

हो प्रिय मलाई
हाम्रो म्ह्म्हेहरूको ढाडरूको चुली लाग्छ
हाम्रो दुर्सामाथिको ठाडो रिसोर्ट
हाम्रो आखे मामको हड्डी बजाए जस्तो लाग्छ

हो प्रिय मलाई
हाम्रो म्ह्म्हेहरूको ढाडरूको चुली लाग्छ
हाम्रो दुर्सामाथिको ठाडो रिसोर्ट
हाम्रो आखे मामको हड्डी बजाए जस्तो लाग्छ

आधा अँध्यारोमा नाचिरहेको डिस्को डानस
हाम्रो आस्याङको ढ्याँग्रो रोइरहे जस्तो लाग्छ
हल्लिरहेको म्युजिक कन्सर्ट
सत्य माया घुम्नु छैन मलाई नगरकोट

हेर्नुछैन मेरो नाम्सा पुरेको घाम
मलाइ यी सबै झुठबाट उठ्न
तिम्रो काँधको एक पसर साथ भए पुग्छ
हाम्रो भागको एक झुम्रो घाम भए पुग्छ ।

यो पनि…
‘एकल आमा’

एकल आमा–२
प्लीज पारमिता



सम्बन्धित खबरहरु

गायक तथा संगीतकार विनय कार्की र उनको ब्यान्ड “बिनय कार्की एण्ड थुंगा ब्यान्ड“ को पहिलो गीत “नयाँ नयाँ“ को भिडियो

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सुदूर पूर्वी प्रवासी नेपाली संघ, हङकङले तेक्वान्दो खेलमा नवौं डान हासिल गर्न सफल तुलसी गुरुङ र हालै सगरमाथा आरोहणमा सफलता

Latest










Popular
Suggested