English

राष्ट्रसंघद्वारा हवाई हमलाको निन्दा



राष्ट्रसंघले यमनमा भएको हवाई हमलाको निन्दा गरेको छ । यमनको थुना केन्द्रमा भएको हवाई हमलामा ७० जनाको मृत्यु भएको थियो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हमलाको निन्दा गर्दै यमनमा जारी तनाब अन्त्य हुनु पर्ने बताएका छन् । सो हमला साउदी नेतृत्वको गठबन्धन समूहले गरेको अनुमान गरिएको छ । समूहले यमनमा हुथी विद्रोहीविरुद्ध सन् २०१५ देखि हमला गर्दै आएको छ । तर, गठबन्धनले सो हमलामा आफ्नो संलग्नता नभएको बताउँदै आएको छ ।

हुथी विद्रोही र साउदी गठबन्धन समूहबीच जारी युद्धमा बालबालिकासहित दशौं हजार सर्वसाधरण मारिएका छन् । युद्धका कारण लाखौं मानिस विस्थापित भएका छन् । खडेरीका कारण यमनका लाखौं मानिस खडेरीको चपेटामा परेका छन् ।

यो पनि
इतिहासमा आज : अमेरिकाले किनेको डेनमार्कदेखि जापानको भूकम्पसम्म
मास्क लगाउन अस्वीकार गरेपछि मध्यआकाशबाटै फर्कियो विमान



सम्बन्धित खबरहरु

भारतमा भएको एमएफएन म्याट्रिक्स फाइट नाइट १७ को उपाधी नेपालका रवीन्द्र ढाटले भारतीय फाइटर चुंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’जितेको छ। क्रिकेटका अत्यधिक दर्शक रहेको नेपाल आईसीसीले नेपाली क्रिकेटको डिजिटल

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

Latest










Popular
Suggested