English

कोरोनाले दिएको अवसर: सुनिलकुमारको सपनाले लिएको आकार



काठमाडौँको व्यवसाय राम्रै चल्दै थियो । दुग्ध विकास संस्थान (डिडिसी) को डिलर लिएर काठमाडौँमा दुई वटा डेरी चलाइरहेका थिए उनले । काठमाडौँमै पढेर त्यही व्यवसाय थालेका थिए । व्यवसायमा जम्दै गरेका सुनिलकमुार श्रेष्ठलाई गाउँ फर्कने सोच र सोख दुवै थिएन ।काठमाडौँको खाल्टोमा उनी रमाइरहेका थिए । तर जम्दै गरेको उनको व्यवसायमा कोरोना कहर बाधा बनिदियो ।

पहिलो चरणमा कोरोना रोकथामका लागि भएको लकडाउन देश ठप्प भयो । डेरी पसल भएकाले दुई घन्टा त खोल्न पाउँथे सुनिलकुमारले, तर व्यापार दैनिक खस्किँदो थियो । व्यापार यतिसम्म भद्रगोल भएछ कि भाडा तिर्न पनि धौ धौ भयो उनलाई ।

‘एकैदिनमा हुने लाखको व्यापार हजारमा झर्‍यो । तैपनि आशा थियो पहिलेको जस्तै व्यापार होला भनेर । फेरि कोरोनाको दोस्रो लहर सुरु भयो । व्यापार त झनै चौपट हुने लक्षण देखियो । दोस्रो लहरको कोरोना सुरु हुँदै गर्दा अन्य लहरको पनि चेतावनी आइसकेको थियो’, उनी सम्झन्छन् ।

पहिलो चरणको लकडाउन हुँदादेखि नै युट्युबतिर खुब चाख मानेर हेर्थे रे उनले टर्की र कालिज पालन बारेका भिडियोहरू ।

दोस्रो लहरको कोरोनाले फेरि लकडाउन हुन थालेपछि उनले विकल्पको बाटो खोज्न थाले । पहिलो चरणको लकडाउन हुँदादेखि नै युट्युबतिर खुब चाख मानेर हेर्थे रे उनले टर्की र कालिज पालन बारेका भिडियोहरू । सुरुमा उनलाई टर्की पाल्ने रहर जागेछ । भिडियो हेर्दा हेर्दै उनलाई टर्की पालनको रहर फेरिएर कालिज पालनको जागेछ ।

जुनबेला राजधानी सहर काठमाडौँमा कोरोनाको जगजगीले एकातिर व्यापार खस्किरहेको थियो । अर्कोतिर कोरोनाले ज्यानै लिन्छ कि भन्ने पिरलो १ र पो उनले निधो गरेछन् कोरोनाको जगजगीमा उकुसमुकुस भएर बाँच्नु भन्दा गाउँ फर्किएर पुर्ख्यौली थलोमा कालिज पाल्ने । जहाँ खुलेर बाँच्न पाइने, कालिज पाल्न जागेको उनको रहर पूरा पनि हुने ।

तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखा लालपूर्ण बस्तीमा रहेको गाउँको जग्गा बेच्ने तरखरमा थिए सुनिलका बुबा कृष्णकुमार । एक्लो छोरा काठमाडौँ छाडेर गाउँ नफर्केने संकेतले बुढेसकालमा पुर्ख्यौली थलो बेचेर काठमाडौँ परिवारसँगै बस्नलाई कृष्णकुमारले जग्गा बेच्न खोज्दै थिए । त्यही बेला छोरा सुनिलले भनेछन्, ‘जग्गा नबेचौँ बुवा । म गाउँको जग्गामा कालिज पाल्छु ।’

काठमाडौँमा डेरीमा आउने ग्राहकसँग दूध, दही, घ्यू, पनिर, आईसक्रिम बेचिरहने उनै सुनिलकुमार हिजोआज गाउँमा कालिजसँग रमाइरहेका छन् ।

गत वैशाखमा काठमाडौँको दुईमध्ये एउटा डेरी बिक्री गरेर राजधानीमा रमाइरहेका श्रेष्ठ गाउँ फर्किए । पुर्ख्यौली थलोमा उनले कालिज पाल्ने संरचना बनाउन थाले । वैशाखमा उनले दुई हजार कालिजका चल्ला ल्याएर हुर्काउन थाले । काठमाडौँमा डेरीमा आउने ग्राहकसँग दूध, दही, घ्यू, पनिर, आईसक्रिम बेचिरहने उनै सुनिलकुमार हिजोआज गाउँमा कालिजसँग रमाइरहेका छन् ।

बिहान झिसमिसेदेखी साँझ अबेरसम्म कृष्णको ज्ञान एकीकृत कृषि फार्म प्रालिमा हुर्किएका कालिजसँगै हुन्छन् उनी । कहिले मकैको दाना दिन्छन् त कहिले बारीबाट काटेर ल्याएको घाँस कालिजलाई चारो बनाएर खुवाउँछन् । बेलामौकामा आफूले पालेकोे कालिज हेर्न आएकासँग आफ्नो अनभुव बाँड्दै गरेको भेटिन्छन् उनी । कहिलेकाहीँ ग्राहकलाई कालिज जोखेर बिक्री गर्दै हुन्छन् । हुर्किएर बेच्ने बेला भएका कालिजसँगै उनले देखेको सपनाले पनि आकार लिन थाल्दैछ विस्तारै ।

पृथ्वी राजमार्गबाट झन्डै तीन सय मिटर माथिपट्टि रहेको भिरालो जग्गा सम्याएर सुनिलले कालिज पालन थालेका छन् । राजमार्गदेखि कालिज फार्मसम्म पुग्ने सडक, जग्गा सम्याउने, कालिज पाल्ने ठाउँमा तारबार गर्ने, घर बनाउने र रेष्टुरेन्ट सञ्चालन गर्नलाई उनले डेढ करोड रुपैयाँ लगानी गरेको बताए ।

‘एकपटक स्वाद लिएपछि रुचाउँछन्, दोहोर्‍याई तेहेर्‍याई आउँछन् । तर स्वाद नपाएकाहरूले महँगो भन्छन् । हुन पनि एउटैको तीन हजार मूल्य पर्ने भएकाले पनि होला भंयकर राम्रो बजार चाहिँ तत्काललाई छैन ।’

फार्ममा पालिएको कालिज दशैँदेखि बिक्री गर्न थालेको उनी बताउँछन् । भाले कलिजलाई प्रतिगोटा तीन हजार रुपैयाँका दरले धमाधम बिक्री भइरहेको छ । दशैँयता चार सय कालिज बिक्री भइसकेको उनले जनाए । ‘पोथी पाल्न लानेलाई मात्रै बेच्छौँ । नत्र बेचेको छैन । पोथीलाई यहीँ राखेर अब चल्ला उत्पादन गरेर बिक्री गर्ने लक्ष्य छ’, उनले सुनाए ।

कालिजको बजार विस्तार भइरहेको श्रेष्ठको अनुभव छ । उनी भन्छन्, ‘एकपटक स्वाद लिएपछि रुचाउँछन्, दोहोर्‍याई तेहेर्‍याई आउँछन् । तर स्वाद नपाएकाहरूले महँगो भन्छन् । हुन पनि एउटैको तीन हजार मूल्य पर्ने भएकाले पनि होला भंयकर राम्रो बजार चाहिँ तत्काललाई छैन ।’ कालिज फार्मसँगै रेष्टुरेन्ट पनि चलाइरहेकाले उनलाई बजार नै नपाउने समस्या भने छैन ।

उनको फार्म हेर्न र कालिजको स्वाद चाख्नलाई तनहुँको डुम्रे, बन्दीपुर, आँबुखैरेनी दमौली र गोरखाको पालुङटारबाट बढी आउँछन् । ‘कहिलेकाहीँ पृथ्वी राजमार्गमा यात्रा गर्नेहरू पनि बोर्ड देखेर आउनुहुन्छ’, उनले भने । कालिज पालनलाई विस्तार गर्दै उनले फार्म परिसरमा पिकनिक स्पट र फनपार्कको योजना बनाएको बताउँछन् ।

वैशाखयता गाउँमा आएर कालिज पालन थालेपछि अथाह सन्तुष्टि मिलेको छ उनलाई । ‘पहिला उता काठमाडौँको रमझममा हराएको थिएँ । यहाँ आएर कालिज पाल्न थालेपछि थाहा भो वास्तविक खुसी त गाउँमा पो रहेछ । जसले गर्दा मेरो पहिचान पनि बनेको छ’, उनले भने ।

‘पहिलामा म बारीमा रमाउँदा उसले चित्त दुखाउथ्यो । नबोले पनि बा ले पैसा फाल्यो बेकारमा भन्ने भावना बुझिन्थ्यो उस्को । बरु घरघडेरी जोडे हुन्थ्यो भन्थ्यो । अहिले कहाँबाट प्रेरित भएर झन्डै बिक्री भएको जग्गामा कालिज पाल्छु भन्यो । म त दंग परे । खुसी पनि लाग्यो, देशका लागि छोरा कृषि कर्ममा जोडियो भनेर ।’

सुनिकुमारलाई मिलेको सन्तुष्टिभन्दा बढी बुवा कृष्णकुमारलाई खुसी मिलेको छ । किनकि कृष्णकुमार पहिल्यैदेखि कृषि कर्ममा रमाइरहेका थिए । तीन सय रोपनी जग्गामा उनले एभोकाडो, लप्सी र लिची लगाएका थिए । सोचे जस्तो फल भने पाएका थिएनन् उनले । बेच्नलाई तरखर गरेको जग्गामा छोरा गाउँ फर्किएर कालिज पाल्न थालेपछि आफ्नो कर्मलाई छोराले पनि पछ्याएको महसुस गरेको बताउँछन् ।

उनी भन्छन्, ‘पहिलामा म बारीमा रमाउँदा उसले चित्त दुखाउथ्यो । नबोले पनि बा ले पैसा फाल्यो बेकारमा भन्ने भावना बुझिन्थ्यो उस्को । बरु घरघडेरी जोडे हुन्थ्यो भन्थ्यो । अहिले कहाँबाट प्रेरित भएर झन्डै बिक्री भएको जग्गामा कालिज पाल्छु भन्यो । म त दंग परे । खुसी पनि लाग्यो, देशका लागि छोरा कृषि कर्ममा जोडियो भनेर ।’ उत्पादनमा लाग्नु भनेको देशलाई समृद्धि दिशामा लैजान सघाउनु हो कृष्णकुमारको बुझाइमा ।

यो पनि
मामा-भान्जाकाे कृषि फार्म, युवालाई हाैसला
कुखुरापालनमा भविष्य खोज्दै कुँवर दम्पती



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।