English

डा. शेरबहादुर पुनको नजरमा पढ्नैपर्ने ३ पुस्तक



सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन अहिले एकदमै व्यस्त रहेका छन् । कोरोनाको नयाँ–नयाँ भेरियन्ट देखिएसँगै त्यसको अध्ययन अनुसन्धानमा उनी व्यस्त भएका हुन् ।

त्यसमध्ये महामारीको बेलामा फ्रन्टलाइनमा रहेर काम गर्नुपर्दा त आफ्ना लागि समय निकाल्न निकै मुस्किल छ उनलाई । बिरामीहरूको सेवाबाट फुर्सद निक्लेको समयमा उनलाई पुस्तक पढ्न एकदमै मन पर्छ । उनले अहिलेसम्म थुप्रै मेडिकलका पुस्तकसहित अन्य पुस्तकहरू पढिसकेका छन् । उनले पढेका पुस्तकहरूमध्ये उनलाई एकदमै मनपरेको तीन पुस्तक यस प्रकार छ:

मुनामदन

मैले पढेका साहित्यिक पुस्तकहरूमध्ये लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित पुस्तक ‘मुनामदन’ एकदमै मन परेको थियो । मेडिकल स्टुडेन्ट भएको कारण विषय केन्द्रित पुस्तकहरू नै धेरै पढ्नुपर्ने हुन्छ । तर, फुर्सद मिलेको समयमा साहित्यिक पुस्तकहरू पढ्न पनि असाध्यै मन पर्छ । मुनामदनमा समेटिएको प्रेम कथा, पारिवारिक कथा र सामाजिक कथा सबै एकदमै राम्रो छ । यो पुस्तकले मेरो मन छोएको थियो । यस पुस्तकमा राष्ट्र भाव पनि झल्किएको छ ।

अल्बर्ट आइन्स्टाइन बायोग्राफी

एलिस क्यालाप्रिस र ट्रेवर लिप्सकम्बेद्वारा लिखित पुस्तक ‘अल्बर्ट आइन्स्टाइन बायोग्राफी’ पनि मलाई एकदमै मनपरेको पुस्तक हो । साइन्सको विद्यार्थी भएकोले मलाई साइनटिस्टहरूको बायोग्राफी पढ्न पनि एकदमै रमाइलो लाग्छ । उनीहरूले गरेका राम्रा राम्रा कामहरूबाट केही सिक्ने प्रेरणा मिल्छ ।

जंगबहादुरको जीवन यात्रा

मलाई इतिहासमा पनि रुचि भएको कारण ‘जङ्गबहादुरको जीवन यात्रा’ पनि असाध्यै मनपरेको पुस्तक हो । हामी सबै नेपालीहरूले नेपालको इतिहासको बारेमा जान्नुपर्छ जस्तो लाग्छ मलाई । यो पद्यजङ्ग राणाद्वारा लिखित पुस्तक हो भनेपछि यस पुस्तकको अनुवाद रामबहादुर पहाडीले गरेका छन् ।

यो पनि…
लोक सर्जक खेम सेन्चुरीको नजरमा पढ्नैपर्ने ३ पुस्तक
कोरोनासँगै यसरी बदलियो लाइफस्टाइल



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested