English

गुणस्तरहीन मह बनाएर खुलेआम बिक्री



काठमाडौं मै एक व्यक्तिले श्रीमतीको नाममा उद्योग दर्ता गरी खान अयोग्य (गुणस्तरहीन मह) बनाएर बिक्री गर्ने गरेको खुलेको छ। ती व्यक्तिले विगत सात वर्षदेखि नै यसरी खान अयोग्य मह खुवाउँदै आएको फेला परेको छ। उनले विशेषगरी होटल रेष्टुरेन्टमा उक्त मह पठाउने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

मिसावट गरी गुणस्तरहीन मह उत्पादन तथा बिक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२७ ज्याठा बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-६ का नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले मिसावट गरी गुणस्तरहीन मह बनाइरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

उनको साथबाट गुणस्तरतहीन तयारी मह ६०० किलो, मह बनाउन प्रयोग गरिने कच्चा छ हजार ५०० किलो, ग्लुकोज ५०० किलो, चिनी १०० किलो, एक/एक थान तौल मेसिन, लेभल मेसिन, सिल मेसिन, पेट्राइज मेसिन, स्टोरेज मेसिन, स्पर्स हनीका लेभल र एक हजार पिस जार बरामद गरिएको छ।

उनले काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेन्टमा थोक तथा खुद्रा बिक्री वितरण गर्ने गरेको पाइएको छ। मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गर्ने गरेका थिए। गुणस्तरहीन मह बनाइ प्रतिकेजी ६५० मा बिक्री गर्ने गरेको पाइएको महाशाखाले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गर्दा महमा न्यूनतम मापदण्डअनुसारको नरहेको र खान योग्यसमेत नरहेको पाइएको छ। उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाइएको महाशाखाले एक सूचना जारी गरी जनाएको छ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार