English

साहसिक पर्यटनको गन्तव्य पोखरा



प्राकृतिक रूपमा सुन्दर पर्यटकीय नगरी पोखरामा पछिल्लो समय साहसिक खेलका विविध विधा थपिएका छन्। हिमश्रृखङ्ला, ताल तलैया तथा मिलेको बस्तीले सजिएको पोखरामा पछिल्लो समय साहसिक खेलका गतिविधि थपिँदै गएका छन्।

पोखरामा प्याराग्लाइडिङ, स्काइ डाइभिङ, अल्ट्रालाइट, हट एयर बेलुन, बन्जी जम्प, जिप फ्लायर, राफ्टिङलगायत उपलब्ध रहेको शहर पोखरामा पछिल्लो समय ‘जायन्ट स्विङ’पनि थपिएको छ।

पोखरा महानगरपालिका-२५ हेम्जामा सन् २०१२ मा साहसिक खेल भित्र्याएको हाइग्राउण्ड एडभेन्चर्सले पछिल्लो पटक दुई करोड लगानीमा जायन्ट स्विङ भित्र्याएको हो। एकैपटक तीन जना खेल्न मिल्ने यस स्विङ नेपालमै पहिलो भएको प्रालिका प्रबन्ध निर्देशक दिनेश महर्जनले जानकारी दिए।

तीन मिनेटमा खेल्न मिल्ने यो स्विङ (पिङ) जमिनबाट १०० मिटरमाथि पुगेर छोडिन्छ। सुरक्षा उपकरणको प्रयोगसहित खेलिने यसमा साहसिक खेलप्रति रुची राख्ने १० वर्षभन्दा माथिको उमेरकाले मज्जा लिन सक्नेछन्।

प्रालिले यसअघि सन् २०१२ मा पहिलोपटक ‘वल्र्ड क्लास जिपलाइन’ भित्र्याएको थियो। त्यसको डेढ वर्षपछि बञ्जी जम्प सञ्चालनमा ल्याएको कम्पनीले अहिले जायन्ट स्विङलाई साहसिक खेलको गतिविधिमा समेटेको हो।

‘मानिसको रुचि सधैं एकैनास हुँदैन साहिसक खेलप्रेमीहरू झन् ‘भेराइटी एक्टिभिटि’ मा रुचि राख्ने भएकाले त्यसैलाई मध्यनजर गरेर जाइन्ट स्वीङ सञ्चालनमा ल्याएका हौँ’, महर्जनले भने। कोरोनाले सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकले पनि साहसिक गतिविधि रोज्न र रमाउन थालेपछि यस क्षेत्रमा लगानी विस्तार गरिएको उनको भनाइ छ।

उनका अनुसार साहसिक खेलका लागि चार युवाले २५ करोड बढी लगानी गरेका छन्। यस कम्पनीले केही समयपछि अर्को एड्भेन्चरको रुपमा ‘एटीभी बाइक’ पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ। त्यसपछि यी सबै साहसिक खेललाई प्याकेजमै खेल्न चाहानले १० हजार शुल्क तिर्नुपर्ने हुन्छ।

प्राकृतिक सुन्दर एवं अनुकूल मौसमका कारण सबैको रोजाइको शहर बनेको पोखरामा साहसिक गतिविधि थपिँदै जानु सकारात्मक भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन्।

पोखरा सबै खालका पर्यटकको सहर हो, साहसिक गतिविधिले पर्यटलाई आफ्नो रुचिअनुसार मनोरञ्जन प्रदान गर्ने अवसर मिल्छ’, उनले यस्ता गतिविधिले पोखराका पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

कोरोनापछि मानिसले शारीरिक र मानसिक स्फूर्तिका गतिविधि खोज्ने थालेकाले अब नयाँ पर्यटकीय गतिविधि आवश्यक हुँदै गएको उनको भनाइ छ। पोखरामा पर्यटकले मनोरञ्जनका लागि गर्ने साइकलिङ्, बोटिङ, घोडा सवारी, जलयात्रा (र्‍यफ्टिङ्ग) तथा कायाकिङ्गले पनि यस क्षेत्र साहासिक खेलको मुख्य गन्तब्य बन्दै गएको छ।

पोखरामा सन् १९९६ मा एभिया क्ललले अल्टालाइट भित्र्याएको हो। पुतली जहाजसमेत भनेर चिनिने अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ। पोखरा १७ रातो पैह्रोमा बञ्जी नेपाल एडभेन्चरर्स प्रालिले रु आठ करोडको लगानीमा बञ्जी जम्प सञ्चालन गरेको छ।

पोखरामा सन २०१८ नोभेम्बर १६ देखि हट एयर बेलुनको उडान सुरु भएको हो। पोखरामा विरु बमजमले सन् १९९६ मा बेलायतका नागरिक एडम हिललाई नेपाल ल्याएर प्याराग्लाइडिङ्गको शुरुआत गरेका थिए। पोखरामा ६० वटा प्याराग्लाइडिङ्ग कम्पनी सञ्चालनमा छन्।

त्यसैगरी साहसिक खेल पारखीको रोजाइमा क्यानोनिङ पनि पर्दछ। माछापुच्छ्रे गाउँपालिका-९ ल्वाङघलेलको कुदी छहरामा रहेको पोखरा क्यानोनिङ सन् २०१४ बाट सञ्चालनमा आएको हो।

गण्डकी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका ११ जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर ११० वटा नयाँ पर्यटकीयस्थल सार्वजनिक गरेको छ भने साहसिक पर्यटकीय गन्तव्यसमेतलाई सूचीकृत गरेको छ।

साहसिक खेल पारखी भन्छन्,‘सबैको लोकप्रीय मानिने ट्रेकिङ रुट अन्नपूर्णको प्रवेशद्वार पनि पोखरा नै हो। यस्ता साहसिक खेल र पर्यटनका ७० प्रतिशत प्याकेज पोखरामा नै भेटिन्छन्।’ माछापुच्छ्रे, अन्नपूर्णसहितका हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिने साथै ताल तलैया एवं धार्मिकरुपले पनि उस्तै महत्व राख्ने पोखरा पछिल्लो समय साहसिक खेलको शहरका रुपसमेतमा आफ्नो परिचय थप्दै गएको बताउँछन् पर्यटन व्यवसायी एवं पोखरा ल्टालाइटका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।