English

धोनीले बनाएका पाँच सफल भारतीय खेलाडी



महेन्द्र सिंह धोनीले भारतीय क्रिकेट टोलीको कप्तानी सन् २००८ बाट शुरु गरेका थिए । जब धोनीले भारतीय टोलीको कप्तानी सम्हाले, तब उनलाई निकै नै चुनौती सामना गर्नुपरेको थियो । जस्तो, युवालाई मौका दिनु र भविष्यमा सफल टिम निर्माण गर्नु । धोनीले सबै चुनौतीको सामना गर्दै भारतीय टोलीलाई केही ऐतिहासिक सफलता पनि दिए ।

धोनीको कप्तानीमा भारतले सन् २००७ मा आईसीसी टी-२० विश्वकप, सन् २०११ मा क्रिकेट वर्ल्डकप, सन् २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफी जित्यो । यससँगै सन् २००९ मा पहिलोपटक टेष्ट क्रिकेटमा एक नम्बर बन्यो । यस्तै, धोनीले आफ्नो कप्तानीमा यस्ता पाँच खेलाडीलाई मौका दिए । जो भारतको लागि ‘म्याच विनर’ बने । आज यिनै पाँच क्रिकेटरले विश्व क्रिकेटमा आफ्नो छाप राखेका छन् ।

धोनीको कप्तानीमा भारतले सन् २००७ मा आईसीसी टी-२० विश्वकप, सन् २०११ मा क्रिकेट वर्ल्डकप, सन् २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफी जित्यो । यससँगै सन् २००९ मा पहिलोपटक टेष्ट क्रिकेटमा एक नम्बर बन्यो ।

विराट कोहली

विराट कोहलीले धोनीको कप्तानीमा आफ्नो ‘करियर’ सुरुआत गरेका थिए । विराट कोहलीलाई एकदिवसीय (५० ओभर) मा नम्बर तीनमा ल्याउने मौका धोनीले नै दिएका थिए । धोनीले कोहलीको राम्रो प्रदर्शन देखेर टेष्ट टोलीमा समेत मौका दिए । कोहली सन् २०११-१२ को अष्ट्रेलिया भ्रमणमा सफल भएका थिएनन् । तर, धोनीले उनलाई लगातार मौका दिए । जहाँ कोहलीले अर्धशतकसमेत लगाए ।

कोहलीले एडिलेटमा शतक बनाएर आलोचकलाई जवाफ फर्काएका थिए । सन् २०१२ मा पर्थमा टिम छनोटकर्ताले कोहलीको स्थानमा रोहित शर्मालाई मौका दिन चाहन्थे । तर धोनीले आफ्नो ११ टिममा विराट कोहलीलाई सामेल गराए । यो कुरा भारतीय पूर्व ब्याटर वीरेन्द्र सहवागले बताएका थिए । सोही समय सहवाग उपकप्तान दिए र उनले धोनीलाई बताएअनुसार नै रोहितको स्थानमा कोहलीलाई छनोट गरिएको थियो ।

रोहित शर्मा

धोनीले रोहित शर्माको लगातार खराब प्रदर्शन बावजुद मौका दिइरहे । जसले उनको करियर पूरा बदलिएको थियो । रोहितलाई एकदिवसीय क्रिकेटमा ओपनर बनाउन धोनीको सबैभन्दा योगदान रहेको छ । सन् २०१३ मा जब धोनीले रोहितलाई ओपनिङ गर्ने मौका दिए, तब रोहितको अलग रूप देख्न पाइएको थियो । रोहित शर्मालाई आक्रामक बनाउन धोनीको ठूलो हात रहेको छ ।

रविचन्द्रन आश्विन

रविचन्द्रन आश्विन आज विश्वको एक उत्कृष्ट अफ स्पिनर बलर हुन् । धोनीले पहिलोपटक सन् २०१० को आईपीएलमा खेल्न मौका दिएका थिए । जहाँ आश्विनको शानदार प्रदर्शन रह्यो । आश्विन चेन्नई सुपर किङ्स (सीएसके) मा धोनीको कप्तानीमा खेल्ने गर्दथे । धोनीले आश्विनको प्रतिभा देखे र भारतीय टोलीमा समावेश गरे । जसकारण भारतीय टिममा आश्विनले स्थान पाएका छन् । आश्विन सन् २०१० मा टिममा परे । त्यसको एक वर्षपछि नै सन् २०११ को विश्वकपको लागि टोलीमा स्थान बनाए । यसरी नै आश्विनले टेष्टमा समेत खेल्ने मौका पाए ।

रवीन्द्र जडेजा

रवीन्द्र जडेजा भारतीय टोलीका सबैभन्दा बढी ‘म्याच विनर’ बनेका छन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा जडेजामाथि कसैले जवाफ फर्काउन सक्दैन । जडेजालाई भारतीय टोलीमा स्थान दिनेमा धोनीकै हात रहेको छ । जडेजा धोनीको कप्तानीमा चेन्नई सुपर किङ्सबाट आईपीएल खेले । आफ्नो मनकारी खेलाडी भएकै कारण धोनीले आईपीएलमा जडेजालाई स्थान दिए । उनले कहिले पनि जडेजालाई निकाल्ने प्रयासनै गरेनन् । मात्र मौका दिए । जसको कारण जडेजा उत्कृष्ट अल राउन्डर बने ।

सुरेश रैना

महेन्द्रसिंह धोनी र सुरेश रैनाको मित्रता विशेष छ । अहिले त रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसके । तर रैना आईपीएलमा चेन्नई सुपर किङ्सका लागि सबैभन्दा बढी ‘म्याच विनर’ बने । धोनीले रैनालाई आफ्नो कप्तानीमा भारतीय टिममा धेरै मौका थिए । धोनीले रैनाको बारेमा बताएका थिए, ‘रैना सबैभन्दा राम्रो खेलाडी हुन् । यस्तोमा हामीले उनलाई समर्थन गर्नुपर्छ । यदि हामी उसलाई समर्थन गर्दैनौं त उसले आफ्नो ‘नेचुरल’ खेल खेल्दैन र सस्तोमा आउट हुनेछ ।’ धोनीले रैनालाई लगातार खेल्ने मौका थिए । जसको कारण रैना आज पनि टी-२० क्रिकेटमा खतरनाक खेलाडीको रूपमा चिनिन्छन् । यसैकारण पनि रैनालाई बनाउनुमा धोनीको ठूलो हात मानिन्छ ।

यो पनि…
मेसीलाई कोरोना संक्रमण
मेस्सी कोरोनामुक्त



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार