English

यसरी सजाउनुहोस् आफ्नो घर



घर चाहे सानो होस् वा ठूलो, आफ्नै सानो र चिटिक्कको घर बनाउने सपना सबैको हुन्छ । घर बनेपछि पनि अरुको भन्दा फरक र सुन्दर तरिकाले सजाउने सपना सबैको हुन्छ । घर सजाउनु गाह्रो काम पनि होइन । तपाईंका लागि आज घरलाई सजाउने केही टिप्स ल्याएका छौँ । जुन तरिकाले सजाउँदा तपाईंको घर अरुभन्दा फरक देखिन्छ ।

फर्निचर

आफ्नो घरलाई नयाँ लुक दिन पहिला फर्निचरलाई घरको स्पेसअनुसार मिलाउनुहोस् । तपाईंले फर्निचरलाई उज्यालो रङ्ग लगाएर नयाँ लुक पनि दिन सक्नुहुन्छ । यो सानो परिवर्तनले मात्रै पनि घरको सम्पूर्ण लुक्स बदलिन्छ ।

कोठाका भित्ताहरू

भित्ताको रङ्ग परिवर्तनले कोठा पूर्णरूपमा जीवन्त हुन्छ । आफ्नो घरलाई अरूको भन्दा फरक बनाउन केही नयाँ डिजाइन दिनुहोस् । यति मात्र होइन भित्तामा केही राम्रा तस्वीरहरू वा सजावटी बुट्टा लगाएर कोठाको सौन्दर्य बढाउन सक्नुहुन्छ ।

लाइट

घर सजावटको लागि महत्वपूर्ण कुरा हो, प्रकाश । घर सजाउँदा घरको हरेक कुनामा बत्ती राख्नुहोस्, जहाँ तपाईंलाई प्रकाश आवश्यक हुन सक्छ । यसका लागि घरको सेल्फमा कन्सल लाइट राख्नुपर्दछ । हल्का प्रकाशको कोठामा राम्रो देखिन्छ । यस्तो उज्यालोले आँखालाई आराम दिन्छ र कोठा पनि सुन्दर देखिन्छ ।

हरियोपन

हरियाली वातावरणले घरलाई आकर्षक बनाउँछ । बिरुवाको मद्दतले घर सजाउनुका फाइदाहरु पनि धेरै छन् । सुन्दर वातावरण मात्र नभई स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक छ । घरको कौसी, बैठक कोठाको कुना, आँगन आदि ठाउँमा बिरुवा रोपेर नयाँ रूप दिन सकिन्छ । यसका लागि तुलसी, बाबरी, गुलाफ, सयपत्री, माैसमअनुसारका फलफूल तथा तरकारीहरू लगाउन सक्नुहुन्छ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

यसरी सजाऔँ घरलाई



सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइएको छ। वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ ।

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक