English

रहेनन् अभिनेता गेस्पर्ड



पेरिस । फ्रान्सेली अभिनेता गेस्पर्ड उलीलको ३७ वर्षको उमेरमा दक्षिणपूर्वी फ्रान्समा एक स्कीइङ दुर्घटनामा निधन भएको छ। उनको निधनले फ्यान तथा फिल्मकर्मी दुःखी भएका छन्।

अभिनेता जीन डुजार्डिनले इन्स्टाग्राममा एक क्याप्सन लेख्दै गेस्पर्डको तस्बिर पोस्ट गरेका छन्। जसमा एक कालो हृदय भएको इमोजीका साथ ‘गेस्पर्ड’ लेखिएको छ।

फ्रान्सेली संस्कृतिमन्त्री रोजलिन बाचेलटले बुधबार ट्वीट गर्दै गेस्पर्डलाई ‘एक असाधारण अभिनेता’ भनेका छन्। फ्रान्सेली प्रधानमन्त्री जीन कास्टेक्सले गेस्पर्ड फिल्मसँगै ठूलो भएको र फिल्म पनि गेस्पर्डसँगै ठूलो भएको उल्लेख गरेका छन्।

उनले फिल्म र गेस्पर्डले एकापसमा पागलपनका रूपमा प्रेम गर्ने गरेको दाबी गरेका छन्। गेस्पर्ड मार्वलको आगामी सिरिज ‘मून नाइट’मा देखिँदै थिए।

गेस्पर्ड ‘हेनिबल राइजिङ’मा हेनिबल लेक्टरको भूमिकाका लागि लोकप्रिय थिए। गेस्पर्ड फिल्मका अलावा विज्ञापनको दुनियाँमा पनि चिनिएका नाम थिए।



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना