English

स्वास्थ्यका मापदण्ड उल्लंघन, मालपोत, नापी, आन्तरिक राजश्व र यातायात कार्यालयमा भीड



नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणको दर वृद्धि हुन थालेपछि अत्यधिक जनसम्पर्क हुने कार्यालयमा जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र बाँकेले बिहीबार (५ माघ) आकस्मिक छड्के जाँच गरेको छ।

जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र बाँकेका संयोजकसमेत रहेका बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जिल्लामा संक्रमण दर क्रमिक रूपले उकालो लाग्न थालेपछि अत्यधिक जनसम्पर्क हुने कार्यालयमा आकस्मिक छड्के सुरु गरिएको जानकारी दिए।

उनले भने, ‘पछिल्लो साता यता संक्रमणको दर क्रमशः वृद्धि हुँदै आएकोले अत्यधिक जनसम्पर्क र भीडभाड हुने ठाउँमा स्वास्थ्यका मापदण्ड पालना भए नभएको मास्क, स्यानिटाइजर जस्ता सामाग्रीको प्रयोग भए, नभएको अनुगमनका क्रममा हेरिएको छ।’

उनले बाँकेको मालपोत कार्यालय, नापी कार्यालय, आन्तरिक राजश्व कार्यालय र यातायात व्यवस्था कार्यालयको आकस्मिक छड्के गरिएको तथा मास्क नलगाउनेलाई चेतावनीसहित मास्क लगाउन निर्देशन दिइएको बताए।

उनले संक्रमणबाट जोगिनको लागि स्वास्थ्यका मापदण्ड कडा पार्ने योजना केन्द्रको रहेको बताए।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार