कण्डमको प्रयोगले सन्तुष्टिमा असर पर्छ ?
१६औं शताब्दीमा युरोपको लिनेनमा पहिलोपटक बनेपछि यौन सम्पर्कका बेला कण्डमको प्रयोग हुन थाल्यो । बिस्तारै दुई शताब्दी बित्दै जाँदा कण्डमहरू जनावरको छालाबाट बनाइयो ।
तर, त्यस प्रकारको कण्डम न त राम्रोसँग फिट हुन्छ । नत यो आधुनिक कण्डम जत्तिकै सुविधाजनक हुनेछ । तैपनि, पुरुष र महिलाहरूले कहिलेकाहीँ ‘मुड अफ’ भएको ठान्छन् । यदि, तपाई आफ्नो कामुकताको बारेमा विश्वस्त हुनुहुन्छ भने कुनै पनि मुड तोड्न सकिँदैन ।
आजकल बजारमा धेरै गुणस्तर र राम्रा प्रकारका कण्डमहरू उपलब्ध छन्, धेरै नरमदेखि भाइबे्रट गर्ने जसले तिनीहरूको उपस्थितिलाई पूर्ण गराइदिन्छ । विभिन्न आकारका कण्डमहरू पनि उपलब्ध छन् ।
पहिले बाधाका रूपमा चिनिने कण्डमलाई अहिले यौन आनन्द बढाउने माध्यमका रूपमा लिइन्छ । यति धेरै प्रकारका कण्डमहरूको बीचमा आफूलाई मन पर्ने कण्डम खोज्नु आफैंमा सुन्दर विषय हो ।
कण्डमको मज्जा प्रायः सही साइजको कण्डम छनोट नगर्दा र राम्ररी नलगाएमा बिग्रिन सक्छ । प्रत्येक पुरुषलाई संवेदनशीलता र साइज अनुसारको फरक प्रकारको कण्डम चाहिन्छ । जस्तै, रिब्ड कण्डम कुनै जोडीहरूलाई रमाइलो लाग्छ र कसैलाई आफ्नो छालामा चुम्बन गर्ने मन पर्छ । यो महत्वपूर्ण छ कि तपाईंले विभिन्न प्रकारका कण्डमहरू प्रयोग गरेर तपाईं र तपाईंको पार्टनरको लागि उपयुक्त कण्डम छनोट गर्नुहोस् ।
तर, कन्डमले जोस र उत्साह बढाउन काम गर्छ । यिनै कारणले तपाईं यौन सम्पर्कका बेला चिन्तामुक्त हुनुहुन्छ । यसको लुब्रिकेन्टले सेक्सको अनुभवलाई सहज बनाउँछ । कण्डम लगाउन जति समय लाग्छ यसले फोरप्लेको समय पक्कै पनि बढाउँछ र मज्जा पनि दिन्छ ।
यो पनि…
योनी टाइट गर्नका लागि गर्नुहोस् यस्ता एक्सरसाइज
लामो समयसम्म यौन आनन्द लिन यसो गर्नुहोस्