English

कुन अस्पतालमा कति स्वास्थ्यकर्मी संक्रमित



कोरोनाको पहिलो लहरमा पीपीई, मास्क, सेनिटाइजर जस्ता स्वास्थ्य सामग्रीको अभाव भएको थियो । दोस्रो लहरमा आईसीयू, भेन्टिलेटर र बेडको अभाव तथा अहिले तेस्रो लहरमा भने अस्पतालमा जनशक्तिको अभाव सिर्जना भएको छ ।

अस्पतालमा चिकित्सकलगायत अन्य कर्मचारीहरू कोरोना संक्रमित भएपछि चुनौती थपिएको छ । स्वास्थ्यकर्मी नै कोरोना संक्रमणको कारण दैनिक बिरामी पर्न थालेका छन् । जसले गर्दा अस्पतालको सेवा प्रवाहमा समस्या देखिन थालेको छ ।

कुन अस्पतालमा कति कर्मचारी संक्रमित

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आजसम्म १५ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । दुई जना डाक्टरसहित नर्स र अन्य स्टाफ संक्रमित भएका छन् । उपत्यकाका अस्पतालमा स्वास्थ्यकर्मी नै संक्रमित हुँदा चुनौती थपिएको अस्पतलका डा. विमल शर्मा चालिसेले बताए ।

‘फ्रन्टलाइनमा खटिएर काम गर्ने डाक्टर तथा नर्सहरू नै संक्रमित भएकोले अस्पतालमा जनशक्तिको अभाव सिर्जना भएको छ ।’

यसैगरी, त्रिवि शिक्षण अस्पतालमा करिब ३ सयको हाराहारीमा डाक्टर तथा नर्सहरू संक्रमित भएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन तथा छाती रोग विशेषज्ञ डा. निरज बम बताउँछन् । ‘फ्रन्टलाइनमा खटिएर काम गर्ने डाक्टर तथा नर्सहरू नै संक्रमित भएकोले अस्पतालमा जनशक्तिको अभाव सिर्जना भएको छ ।’ उनी भन्छन– ‘कोभिडबाट स्वास्थ्यकर्मी संक्रमित हुने दर बढदै गए अस्पतालको सेवा प्रवाह नै कटौती गर्नुपर्ने हुन सक्छ ।’

कोरोना परीक्षणको लागि लामबद्ध स्वास्थ्यकर्मी !

निजामती कमर्चारी अस्पतालमा लगभग एक सय २० जना डाक्टर र नर्सहरू संक्रमित भएका छन् । फ्रन्टलाइनमा खटिने स्टाफहरूमध्ये ५० प्रतिशत स्वास्थ्यकर्मी संक्रमित भएकोले अस्पतालमा जनशक्तिको कमि भएको अस्पतालका डा. विदेश विष्टले जानकारी दिए ।

कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा पाँच जना स्वास्थ्यकर्मी संक्रमित भएका थिए । तर, पोजेटिभ आएको केही दिनमा नै दुई जना डाक्टर र दुई जना नर्स संक्रमण मुक्त भइसकेका छन् । अहिले अस्पतालको स्वास्थ्यकर्मीमध्ये एक जना मात्र सक्रिय संक्रमित रहेको अस्पतालका डा.जितेन्द्र श्रेष्ठले बताए ।

यसैगरी, वीर अस्पतालमा १ सय ५१ जना स्वास्थ्यकर्मी संक्रमित छन् । ४० जना डाक्टर ६५ जना नर्सिङ स्टाफ र ४६ अन्य स्टाफ गरी जम्मा एक सय ५१ जना संक्रमित छन् ।

बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा ८ जना डाक्टरसहित ४० जना स्वास्थ्यकर्मी संक्रमित छन् ।

यसैगरी, वीर अस्पतालमा १ सय ५१ जना स्वास्थ्यकर्मी संक्रमित छन् । ४० जना डाक्टर ६५ जना नर्सिङ स्टाफ र ४६ अन्य स्टाफ गरी जम्मा एक सय ५१ जना संक्रमित छन् ।

नेपाल प्रहरी अस्पतालमा सात जना डाक्टर पाँच जना नर्स र अन्य कर्मचारी गरी जम्मा ३३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

भक्तपुर अस्पतालमा आजसम्म २५ जना स्वास्थकर्मी संक्रमित भएका छन् । ६ जना डाक्टर र १९ जना नर्स तथा हेल्पर गरी जम्मा २५ जना संक्रमित भएका छन् । अन्य धेरै स्वास्थ्यकर्मीहरूमा पनि लक्षणहरू देखिएकोले आज परीक्षण गराइएको छ । अस्पतालमा संक्रमितको संख्या अझै बढ्न सक्ने स्थिति सिर्जना भएको अस्पतालको डा.सुमित्रा गौतमले जानकारी दिइन् ।

यो पनि
बुस्टर डोजबारे भ्रम र यथार्थ !
नेपालमा एकैदिन १० हजार बढीमा संक्रमण पुष्टि, ५६२ जना निको



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।