English

यस्ता आहारले गराउँछ तनावबाट मुक्त



मानिसहरू प्रायः तनावमा भएको देखिन्छन् । प्रायः विभिन्न कारणले तनावमा हुन्छन् । विज्ञहरूका अनुसार केही आनीबानी, व्यायाम योगा र खानपानमा सुधार गरेमा तनावबाट आफूलाई टाढा राख्न सकिन्छ ।

विकाससँगै हिजोआज मानिसहरू हतारहतार गरिरहेका देखिन्छन् । विज्ञहरूका अनुसार आज ९० प्रतिशत मानिस तनावजन्य रोगबाट पीडित छन् । जब हाम्रो दिमाग वा शरीरले कुनै चुनौतीको सामना गर्छ तब हाम्रो दिमागी प्रक्रियाले छिटो गति लिन्छ ।

यसका साथै रक्तचाप, मुटुको धड्कन र पल्स रेट बढ्ने, शरीरमा रगतको प्रवाह तीव्र हुन्छ । यो अवस्था लामो समयसम्म रह्यो भने शारीरिक तथा मानसिक समस्या आउन सक्छ ।

फलफूल

सही खानपानले तनावबाट टाढा रहन सकिन्छ । यस्ता कुराहरूले हाम्रो शरीरलाई तनावसँग लड्ने शक्ति दिन्छ । सुन्तला, केरा, अनारलगायत यस्ता धेरै खाने कुराहरू छन् जसले हाम्रो दिमागलाई शक्ति दिन्छ ।

विज्ञहरूका अनुसार तनावको अवस्थामा फलफूल थोरै थोरै खानाले तनाव हटाउन मद्दत गर्छ । केरामा पाइने पोटासियम र म्यागे्रसियमले मानसिक कम गर्छ । यस्तै, सुन्तलामा पाइने भिटामिन ‘सी’ दिमागलाई चुस्त राख्न मद्दत गर्छ ।

फाइबरयुक्त आहार

फाइबरयुक्त आहारहरू जस्तै, सम्पूर्ण अन्नले मस्तिष्कको न्युरोट्रान्समिटर सरोटोनिनको उत्पादनलाई बढाउँछ । यसले तपाईंको सोच्ने शक्तिलाई बढाउँछ र तनाव कम गर्न मद्दत गर्छ । आफ्नो आहारमा पर्याप्त तरकारीहरू समावेश गर्नुहोस् । हरियो, पहेँलो र सुन्तला रङ्गको तरकारीमा खनिज, भिटामिन र फाइटोकेमिकल्स पाइन्छ जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ, जसले गर्दा तनाव जस्ता समस्यासँग लड्न सकिन्छ ।

कार्बाेहाइड्रेटयुक्त आहार

आफ्नो आहारमा कार्बाेहाइड्रेट समावेश गर्नुहोस् । चामल, पास्ता, आलु, रोटी कम क्यालोरी कुकिज कार्बाेहाइड्रेट मुख्य हुन् ।

हर्बल चिया

हरियो चियाको नियमित सेवनले विभिन्न रोगलाई नियन्त्रण मात्र गर्दैन, रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । हरियो चियामा एमिनो एसिड हुन्छ जसले चिन्ता र तनाव कम गर्न मद्दत गर्छ ।

दूध

दैनिक एक गिलास दूध पिउँदा स्वास्थ तथा मस्तिष्कका लागि एकदमै फाइदाजनक हुन्छ । दूधले हड्डी, दिमाग र मुटुका लागि विशेष फाइदा गर्छ । दैनिक एक गिलास दूध पिउनाले शारीरिक र बौद्धिक स्तरमा पनि सुधार हुन्छ ।

यो पनि…
जाडोमा जोर्नी दुखाइबाट यसरी बचौँ

जाडोमा उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुराहरू



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।