पीसीआर परीक्षण शुल्क तोकियो, अब कति ?
काठमाडौं । सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको शुल्क घटाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोभिड-१९ को पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताएका हुन्।
उनका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा ८०० र निजी अस्पताल तथा प्रयोगशालामा एक हजार ५०० भन्दा बढी लिने नपाउने गरी नयाँ शुल्क तोकिएको छ।
सरकारले यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा एक हजार लिने गरेको थियो भने र निजी अस्पताल तथा प्रयोगाशालाले दुई हजार लिने गरेका थिए।