English

आमा–बाबुसँग अनुहार मिल्ने बलिउडका यी स्टार किड्स



बलिउड जोडी अजय देवगन-काजोलका जेठी छोरी नायस हालका दिनमा आफ्नो ग्ल्यामरस तस्बिरका कारण चर्चामा छिन् । नायसाले हालै कालो पहिरन लगाएकी थिइन्, जुन तस्बिर निकै भाइरल बनेको थियो । तस्बिरमा उनलाई आमा काजोलजस्तै देखिएको छ ।

त्यसो त नायसाअघि कैयौं स्टार किड्स परिवारका जस्तै देखिएका छन् । अभिनेता सैफ अलि खान र अमृता सिंहका छोरा इब्राहिम हुबहु पिता जस्तै देखिन्छन् । हालैमात्र इब्राहिमले एक फोटोसुट गराएका थिए, जुन तस्बिरमा उनी युवा सैफजस्तै देखिएका छन् ।

अमृता र सैफकी जेठी छोरी सारा अलि खान आमाजस्तै देखिन्छिन् । साराको तस्बिरको तुलना प्रायः अमृताको पुरानो तस्बिरसँग गरिन्छ ।

अभिनेता शाहरुख खान र पत्नी गौरीका छोरा आर्यन खान पूर्ण रूपमा पिता शाहरुखजस्तै देखिन्छन् । उनको सामाजिक सञ्जालमा अधिक फ्यान फलोइङ छ । आर्यनले फिल्म ‘कभी खुसी कभी गम’मा शाहरुखको बाल्यकालको भूमिकामा अभिनय गरिसकेका छन् ।

शर्मिला टैगोर र नवाब पटौदीकी छोरी सोहा अलि खानको अनुहार उनको आमा शर्मिलासँग मिल्छ ।

अभिनेत्री शिल्पा शेठ्ठीका छोरा वियान नौ वर्षका भए । यद्यपि उनको अनुहार आमा शिल्पासँग मिल्दोजुल्दो छ ।

‘हिरोपन्ती’बाट बलिउडमा डेब्यू गरेका अभिनेता टाइगर श्राफ भलै पिता ज्याकी श्राफजस्ता देखिँदैनन्, तर उनको लुक्स युवा ज्याकीसँग मिल्छ । कैयौं तस्बिरमा दुवै फोटोकपी जस्ता देखिन्छन् ।

अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी छोरी इशा देओल आमा हेमाजस्तै देखिन्छिन् । फिल्ममा पाइला चाल्दा इशालाई उनको आमासँग तुलना गरिएको थियो, यद्यपि उनको करियर आमाको जस्तो सफल हुन सकेन ।

अभिनेता रणवीर कपुर क्लिन शेवमा पिता ऋषि कपुरको कार्बन कपी देखिन्छन् । लोकप्रिय लेखक जावेद अख्तरका छोरा फरहानको लुक्स बाबुसँग मिल्छ । युवा जावेदको तस्बिरसँग तुलना गर्ने हो भने फरहान पिताजस्तै देखिन्छन् ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

शाहरुख खान अपहरणकारी !



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।