English

नङ बढाउने यस्ता छन् सरल उपाय



प्रायः मानिसहरूले आफ्नो हातहरू कतिको राम्रो छ भनेर बेलाबेलामा हेर्छौं । तर, अब आफ्नो साथमा भएको ह्यान्ड क्रिमले पनि नङको हेरचाह गर्न सकिन्छ । हुन त अहिलेसम्म नङका लागि यस्तो कुनै क्रिम वा सिरम बनेको छैन, तर, हामी घरमै बसेर पनि लामो, सुन्दर र सही आकार दिई आफ्नो नङको हेरचाह गर्न सकिन्छ ।

यस्ता विधिबाट तपाईंले आफ्नो नङहरूलाई लामो र स्वस्थ बनाउन सक्नुहुन्छ ।

सिरमका लागि आवश्यक सामग्री :

– एक चम्चा ताजा सुन्तलाको रस

– एक चम्चा सुकेको सुन्तला बोक्राको पेस्ट

– एक चम्चा बदामको तेल

– एक चम्चा नरिवल तेल

सुन्तलालाई नङको स्वास्थका लागि चमत्कारी मानिन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन ‘सी’ हुन्छ, जुन तपाईंको नङलाई बलियो र स्वास्थ बनाउनका लागि आवश्यक हुन्छ । यस्तै, सुन्तलाको रसमा पाइने फोलिक एसिडले नङको वृद्धि गराउँछ ।

तपाईंको नङको स्वास्थका लागि अर्काे ठूलो कुरा बदामको तेल हो । यसमा आवश्यक एन्टिअक्सिडेन्ट अति आवश्यक ओमेगा–६ र ओमेगा–९ फ्याटी एसिड र भिटामीन ‘ई’ समेत पाइन्छ । जसको प्रयोगले नङलाई क्षति, सुख्खापन र फुट्नबाट जोगाउँछ ।

सिरम बनाउने विधि :

– सुन्तलाको रससँग सुन्तलाको पेस्ट मिलाउनुहोस् ।

– यसमा केही थोपा बदामको तेल हाल्नुहोस् र मिलाउनुहोस् ।

– नरिवलको तेलको थोपा तताउनुहोस् ।

– तयार मिश्रणलाई तातो तेलमा हाल्नुहोस र राम्ररी मिलाउनुहोस् ।

– अब तपाईंको नङ ग्रोथ सरम तयार छ ।

यसरी तयार गर्नुहोस् :

सिरम तयार भएपछि आफ्नो हातलाई सफा गर्नुहोस् र आफ्नो हातलाई सीरममा डुबाउनुहोस् । आँैलाहरूलाई पाँच मिनेटसम्म डुबाएपछि मनतातो पानीले धुनुहोस् । यो प्रक्रिया एक हप्तासम्म दैनिक दोहोर्याउनुहोस् । तपाईंहरूले आफ्नो नङहरूमा भिन्न देख्नुहुनेछ र तपाईले चाहेका नङहरू पाउनुहुनेछ ।

यो पनि…
मुहार चम्किलो र सुन्दर बनाउन लगाउनुस् यस्ता फेस प्याक
शरीरको तौल घटाउन सेवन गर्नुहोस् यी ८ स्वस्थ खानेकुरा



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार