English

चेल्सीको उपाधि यात्रामा को बन्यो तगारो?



काठमाडौं । ब्राइटनसँग मंगलबार राति १-१ गोलको बराबरी खेलेसँगै इंग्लिस प्रिमियर लिगमा चेल्सीको उपाधि यात्रा थप कठिन बनेको छ। सिजनको सुरुआतमा उपाधि यात्रामा पकड बनाउँदै आएको चेल्सी पछिल्ला खेलहरूमा लय गुमाउँदै उपाधिबाट टाढा रहेको छ।

गय राति भ्रमणकारी टोलीमाथि ब्राइट तगारो बन्यो। अमेरिकन एक्सप्रेस कम्युनिटी मैदानमा अग्रता भने चेल्सीले लियो। २८औं मिनेटमा हाकीम जियेचले गोल गर्दै भ्रमणकारी टोली चेल्सीलाई अग्रता दिलाए। उनले कान्तेको पास सदुपयोग गरेका थिए।

तर, ६०औं मिनेटमै एडम वेवस्टेरले गोल गर्दै खेल बराबरी स्थितिमा ल्याए। बाँकी समय गोल नहुँदा चेल्सी अंक बाढ्न बाध्य भयो।

नतिजासँगै चेल्सी २३ खेलबाट ४४ अंकसहित तेस्रो स्थानमा छ। जुन शीर्षस्थानको म्यानचेष्टर सिटीभन्दा १२ अंकले पछि हो। दोस्रो स्थानको लिभरपुल एक अंकले माथि रहेको छ। तर,लिभरपुलले दुई खेल कम खेलेको छ। यता, ब्राईटन भने २१ खेलबाट २९ अंक सहित नवौं स्थानमा छ।



सम्बन्धित खबरहरु

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सन्दीपलाई

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

Latest










Popular
Suggested