English

भोट बैंक ‘हन्टिङ’ मा प्रधानमन्त्री



‘केपी ओली कम्युनिष्ट पार्टीको अध्यक्ष कि हिन्दु महासंघको ?’

गत २७ माघमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा कार्यरत पत्रकारहरूसँग तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो प्रश्न गरेका थिए । त्यसवेलासम्म प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका केपी ओली एउटै पार्टीका अध्यक्ष थिए ।

गत १२ माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा एक घण्टा बिताएका थिए । पत्नी राधिका शाक्यका साथ पुगेका उनले संकल्प पूजा गरेको पशुपति विकास कोषले जानकारी गराएको थियो ।

पशुपतिनाथ यात्रामा प्रधानमन्त्रीले ३० करोड सहयोगको घोषणा पनि गरे । मन्दिरमा राख्न लागिएको सुनको जलहरीको लागि उनले उक्त रकमको उद्घोष गरेका थिए ।

यसअघि नै ओलीले केही यस्ता विषयमा सक्रियता देखाएका थिए, जसले उनी ‘हिन्दु सिम्पेथी’ बटुल्ने ध्याउन्नमा छन् भन्ने प्रष्ट पार्थ्यो । ठोरीमा राम मन्दिर बनाउने अर्को ‘फन्डा’ थियो उनको । त्यसैगरी केही मिडियामा हिन्दु धर्म र धर्मशास्त्रको बखान पनि उनले यही बीचमा गरेका थिए ।

मध्यावधी चुनावको घोषणा गरेका प्रधानमन्त्री ओलीको पार्टी त्यसताका फुटको संघारमा थियो । चुनावमा जानु परेको खण्डमा फुटेको पार्टीले सकारात्मक परिणाम नदिने निश्चित नै थियो । यही कारण ओली चुनावका लागि भोट बैंकको ‘हन्टिङ’मा थिए । हिन्दु धर्मावलम्बीहरूलाई शिकार गर्ने उनको मनोकांक्षा अस्वभाविक पनि थिएन ।

यस्ता छन् ओलीले हिन्दु ‘सेम्प्याथी’का चालेका चार कदम ।

ठोरीमा राम मन्दिर बनाउने अर्को ‘फन्डा’ थियो उनको । केही मिडियामा हिन्दू धर्म र धर्मशास्त्रको बखान पनि उनले यही बीचमा गरेका थिए ।

कदम नं १
पशुपतिमा संकल्प पूजा

शिवलिंगमा चढाएको पानी बगेर झर्ने भाग अर्थात् जलहरी । पशुपतिनाथ मन्दिरको त्यही जलहरी फेर्ने कुरामा प्रधानमन्त्री केपी ओली अग्रसर बने । र, सरकारले ३० करोड दिने सन्देश प्रवाह गराए ।

पशुपति मन्दिर गए मात्र होइन, संकल्प पूजा नै गरे । गहिरो धार्मिक आस्था राख्ने गरेको जस्तैगरी श्रद्धापूर्वक पूजा अर्चना गरे । आममानिस उनको सक्रियताले अवाक बने ।

प्रधानमन्त्रीले प्राचीन स्मारक संरक्षण ऐन र शैव दर्शन विपरित हुने गरी पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्न लागे भनेर आरोप पनि लाग्यो । तर, ती सवै आरोप, मुद्धा र विरोधलाई प्रधानमन्त्री ओलीले एक कानले सुनेर अर्को कानले उडाइदिए ।

कदम नं २
माडीमा राम मन्दिर बनाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि भारतको अयोध्या होइन, हाम्रै चितवनको ठोरी हो भनेर दावी गरे । साथै माडीमा राम मन्दिर बनाउने संकल्प नै गरे ।

उनले २०७८ को दशैंमा राम, सीता र लक्ष्मणको मूर्ति स्थापना गर्न आफैं मूर्ति बोकेर आउने पनि बृहत्त आमसभामा घोषणा गरे । यसक्रममा उनले ठोरीका जनप्रतिनिधिलाई पटक–पटक भेटेर वाचा पूरा गरिछाड्ने बताउँदै आएका छन् ।

ओली गुटकै नेताबाट ठूलो घोषणा हुन सक्ने जानकारी गराईनु, राजा रहँदा पनि फरक पर्दैन र हिन्दूहरूको पक्षमा भाषण र प्रवचनहरूले शंकामा घिऊ थपेको थियो ।

कदम नं ३
नारायणहिटीको आँगनबाट सम्बोधन

पार्टीमा विवाद बढेपछि सरकारमा बसेरै प्रधानमन्त्री केपी ओलीले देशैभरी ठूल्ठूला आमसभा गरे । उनले गरेको सभालाई ‘पञ्च र्याली’ भनिएपनि सभा गर्न छोडेनन् उनले । यसैक्रममा २३ माघमा नारायणहिटीको आँगनमा गरिएको थियो, बृहत्त आमसभा ।

ओली पक्षका ठूला नेताहरूले नै नारायणहिटीको आमसभामा ठूलो घोषणा हुने हल्ला फिजाएका थिए । यही भनाइलाई टेकेर अर्कोथरीले नारायणहिटीको आमसभा ओलीले हिन्दूराज्य घोषणा गर्न सक्ने हल्ला नै मच्चाएका थिए । त्यसैगरी सभा आयोजककै तर्फवाट एमालेका तत्कालीन महासचिव मदन भण्डारीको भाषण भाइरल बनाइएको थियो, जसमा भण्डारीले राजा रहेपनि केही फरक नपर्ने भाषण गरेका थिए ।

ओली गुटकै नेताबाट ठूलो घोषणा हुन सक्ने जानकारी गराईनु, राजा रहँदा पनि फरक पर्दैन र हिन्दुहरूको पक्षमा भाषण र प्रवचनहरूले शंकामा घिऊ थपेको थियो । र, थपिएको अर्को शंकास्पद विषय थियो, तत्कालीन राजदरबारको आँगनमा सभा आयोजना गर्नु ।

ओलीका भित्रियाहरूको भनाइ छ, ‘जलहरी शृङ्खलाकै निरन्तरता हो नारायणहिटी’ ।

कदम नं ४
हिन्दु चाडपर्वमा थप बिदा

सरकारले आगामी वर्ष चार दिन चाडपर्व बिदा थप्ने निर्णय गरेको छ ।

६ भदौको जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्ति सरकारले थपेका बिदा हुन् । त्यसैगरी भाइटीकाको भोलिपल्ट अर्थात् २१ कात्तिकमा पनि सरकारले राष्ट्रिय बिदा दिने निर्णय गरेको हो ।

तीन बर्षअघि आफैंले काटेको विदा फेरि थपेको हो, ओली सरकारले । बुझ्नै पर्ने पक्ष के हो भने थपिएका विदा सवै हिन्दू केन्द्रीत छन् ।

मार्क्सवादमा विश्वास गर्छु भनेर शपथ खाएको कम्युनिष्ट पार्टीको नेताले धर्मावलम्बीको ओत खोज्नु सायद त्यही उखानको चरितार्थ हो ।

निष्कर्ष

नेपालीमा एउटा उखान छ, ‘मर्नुभन्दा बहुलाउनु निको ।’ मार्क्सवादमा विश्वास गर्छु भनेर शपथ खाएको कम्युनिष्ट पार्टीको नेताले धर्मावलम्बीको ओत खोज्नु सायद त्यही उखानको चरितार्थ हो । ओलीलाई यस्तै आरोप लगाउनेहरूको संख्या धेरै छ । तर, ८० प्रतिशतभन्दा बढी हिन्दु रहेको मुलुकमा उनीहरूको नेता नभएकाले समेटेर अघि बढ्ने ओली चाहना स्वभाविक रहेको पनि विश्लेषण गरिन्छ ।

एकथरीको आरोप छ, ओलीको यो ‘मुभ’ मोदी पथ हो । आश्चर्यजनक पक्ष चाहिँ के मात्र हो भने कम्युनिष्ट पार्टीको अध्यक्ष भएर धार्मिक प्रवचन दिने, धार्मिक विषयमा लगानी गर्ने र सम्पूर्ण रूपमा हिन्दु ‘सिम्पेथी’का लागि सक्रिय रहँदा समेत उनी आफ्ना कार्यकर्तामाझ प्रिय छन् । उनलाई ‘लाइन क्रस’को आरोप कमसेकम आफ्नो कित्ताबाट लागेको छैन ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।