English

नेपालमा एकैदिन १० हजार बढीमा संक्रमण पुष्टि, ५६२ जना निको



नेपालमा थप १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ८ सय २८ नमुना परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप ५ सय ६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

देशभरका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ५ हजार ५ सय ४९ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ४ हजार ४ जना, भक्तपुर ५ सय ७० र ललितपुरमा ९ सय ७५ जना थपिएका हुन् ।

नेपालका सक्रिय संक्रमितमध्ये ३७ हजार ८ सय २६ जना होम आइसोलेसनमा र १ हजार २ सय १८ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । साथै, १ सय ५१ जना संक्रमित आइसियु र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested