English

महिनावारीको बेला अत्यधिक पेट दुख्छ ? यस्तो गर्नुस्



डा. बालकृष्ण शाह, स्त्री तथा प्रसूति रोग विशेषज्ञ

महिनावारी भएको बेलामा पेट दुख्नु सामान्य लक्षण हो । महिनावारीको क्रममा पाठेघरभित्रबाट रगत पनि बाहिर निस्कन्छ । त्यो पत्र तथा रगत बाहिर निकाल्न पाठेघर प्राकृतिक रूपमै खुम्चिन्छ । यो खुम्चेर रगत बाहिर निस्कने क्रममा तल्लो पेट दुख्ने गर्छ । तर, सबै महिलामा पेट दुखाइको किसिम सामान्य खालको हुँदैन । कसैलाई त्यो पीडा असह्य किसिमको हुने गर्छ ।

महिनावारी हुँदा पेट दुख्ने समस्या धेरैजसोलाई हुन्छ तर, सहन सक्ने क्षमता भने कसैमा कम र कसैमा बढी हुन सक्छ । महिनावारी हुँदा पेट दुख्नुको विशेषगरी दुई वटा कारण हुन्छन् । शरीरमा भएको बनावट र खराबीका कारण ।

केही महिलामा भने दुखाइको कारण पत्ता लगाउन सकिँदैन । पाठेघरमा मासु तथा ट्युमर पलाउँदा पेट दुख्न सक्छ । कुन किसिमको दुखाइ हो, त्यो समस्याको कारण पत्ता लगाएर चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

कसरी बच्ने ?

महिनावारीको दुखाइ सामान्य हो या असामान्य त्यो छुट्याउनुपर्छ । के कारणले पेट अत्यधिक दुखेको हो, त्यसको पहिचान गरी उपचार गर्नुपर्छ । कहिलेकाहीँ पेट दुख्नुको कारण पत्ता नलाग्न पनि सक्छ । पाठेघरभित्र कुनै रोग छैन भने खास उपचार पनि हुँदैन ।

यस्तो अवस्थामा केही घरेलु उपचारबाट पनि दुखाइ कम गर्न सकिन्छ । जस्तै, महिनावारीका बेला तातो झोलकुरा खाने, हटब्यागले तल्लो पेट सेक्ने या तेलले विस्तारै मालिस गर्दा दुखाइ कम हुन्छ । अन्य कारणले भए चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्छ ।

यो पनि पढ्नुहोस् :
रजश्वलाको पहिलो घण्टी : शरोनका लागि उत्सव (भिडियो सहित)

महिनावारीका बेला प्याड तथा कपडाको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा



सम्बन्धित खबरहरु

मिति २०८२।०५।०९ गतेका बेलुकी करिब १७:३० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ४ शान्तिकुना मार्ग स्थितमा अनलाइन जुवा (सट्टावाजी

काठमाडौं :  नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दसैँ र तिहारजस्ता

नेपालमा मिडियामा मदिराको विज्ञापन बन्द गर्ने सरकारी निर्णयले लामो समयदेखि बहस निम्त्याउँदै आएको छ । एकातिर यो स्वास्थ्य र सामाजिक

काठमाडौः राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजना पारा पौडी खेलाडीहरुलाई तालिम संचालन भएको छ । जापानबाट स्पोट्र्स फर टुमारो का

Latest










Popular
Suggested