English

सेयर बजारमा दोहोरो अंकको वृद्धि



दिनभरको तिव्र उतारचढावका बीच आज नेप्से २०.६४ अंक बढेर २९४७.३८ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स ३.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंकले बढेको छ।

आज बजार साढे २० अंक बढ्दा करिब ८ अर्बको सेयर खरिदबिक्री भएको छ। २२४ कम्पनीको ९६ हजार ४०८ पटकको कारोबारमा ७ अबए ९० करोड १८ लाख ९० हजार रुपियाँ बराबरको १ करोड ४४ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको छ।

कारोबार रकमका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, अपि पावरको ४१ करोडको शेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्स, नेपाल टेलिकम र अपर तामाकोशीको यस दिन २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार पनि मध्य भोटेकोशीको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य आज ४१ रुपियाँ ७० पैसा बढेर ४५८ रुपियाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, सनराइज ब्लुचीप फण्डको इकाई मूल्य र सिंगटी हाइड्रोपावर तथा सीईडिबी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

यो पनि
आजदेखि दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने २ रुपैयाँ दरको सिक्का बजारमा
सेयर बजारमा उछाल



सम्बन्धित खबरहरु

काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ फिमेल सेन्ट्रिक सिनेमा हो । महिला चरित्रले यो सिनेमा लिड गर्नेछ । यसको थिम पोस्टरले नै

काठमाडौं :  नेपालको अग्रणी अटोमोबाइल कम्पनी जगदम्बा मोटर्स प्रा.लि., शंकर समूह अन्तर्गतको एक प्रतिष्ठित कम्पनीले अब व्यावसायिक विद्युतीय सवारी साधन (इभी)

काठमाडौं । नाडा अटो शो २०२५ आगामी भदौ तीन गतेदेखि सुरु हुने भएको छ।नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले शुक्रबार काठमाडौंमा

काठमाडौं, २०८२ असार १९ —बहुप्रत्याशित् नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

Latest










Popular
Suggested