English

नासाको चेतावनी : ‘जनवरी १८’ पृथ्वीमा हुनसक्छ खतरा



लामो समयदेखि क्षुद्रग्रहलाई पृथ्वीका लागि खतराका रूपमा व्याख्या गरिँदै आएको छ । यदि, क्षुद्रग्रह पृथ्वीसँग ठोक्किए ठूलो प्रकोप हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् । भनिन्छ, पृथ्वीको परिक्रमा गर्ने क्षुद्रग्रहले पुथ्वीमा एकपटक मात्रै ठोकेको थियो जसबाट डायनासोरहरू संसारबाट नामेट भएका थिए । त्यसपछि धेरै पटक पृथ्वीको छेउबाट गुज्रिरहेको क्षुद्रगहको टक्करको चर्चा भयो । तर, यस्तो कहिले भएन ।

नासाका अनुसार अब यो क्षुद्रगह जनवरी १८ मा फेरि पृथ्वीको नजिकबाट जानेछ । अहिलेसम्मको सबैभन्दा ठूलो क्षुद्रग्रह ७,४८२ (१९९४ पीसी १) रहेको नासाले बताएको छ । यसको लम्बाइ करिब एक किलोमिटर अर्थात् ३,२८० फिट रहेको छ । यो पृथ्वीबाट करिब १९ दशमलव ३ लाख किलोमिटर टाढा जानेछ । तसर्थ, पृथ्वीमा कम खतरा छ । यदि, यो क्षुद्रग्रहको बाटो परिवर्तन भयो भने पृथ्वीको लागि खतरा हुन सक्छ । यद्यपि, अमेरिकी अन्तरिक्ष यसलाई खतरा घोषणा गरेका छन ।

यदि, मौसम ठीक छ र आकाश सफा छ भने जनवरी १८ मा ३ बजेर ६ मिनेटमा मा पृथ्वीबाट गुज्रिएको देख्न सकिन्छ । तपार्इं यसलाई ६ इन्चको टेलिस्कोपले देख्न सक्नुहुन्छ ।

किनकी, यसलाई खुल्ला आँखा वा दूरबिनले हेर्न गाह्रो हुन्छ । यो सन् १९९४ मा पहिलोपटक पत्ता लागेको थियो ।

८९ वर्षअघि, १९३३ १७ जनवरीमा पनि ‘एस्ट्रोरोइड ७४८२’ पृथ्वी नजिकैबाट गएको थियो । त्यतिबेला ११ लाख किलोमिटरको दूरी पार गरेको थियो ।

अब यो आउँदा सन् २१०५ जनवरीमा पृथ्वीको नजिक पुग्नेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी क्षुद्रग्रहलाई पृथ्वीसँग ठोकिनबाट रोक्ने प्रविधिको खोजीमा जुटेका छन् । यसका लागि अमेरिकी अन्तरिक्ष एजेन्सीले डार्ट मिसन शुरु गरेको छ ।

यसअघि, पनि नासाले यसै महिना धेरै क्षुद्रग्रहलाई पार गर्ने कुरा गरेको थियो र तिनीहरूलाई खतरनाक श्रेणीमा पनि राखिएको थियो ।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार