English

शौचालय र पानीको अभावले विद्यार्थी जंगलतिर



नेपालमा उच्च ओहोदाका मानिसहरू हेलिकप्टरबाट झर्दा रातो कार्पेट ओछ्याइन्छ । तर, देशका भविष्य मानिने विद्यार्थीका लागि एउटा कार्पेटसम्म हुँदैन । त्यस्तै समस्या छ सुर्खेतको बराहताल गाउँपालिका–६ को जनजागरण प्राथमिक विद्यालयको ।

सोही विद्यालयमा बराहताल इखेनीकी ६ वर्षीया हस्तना विक श्री जनजागरण प्राथमिक विद्यालय कक्षा १ मा पढ्छिन् । उनको साथमा नत झोला थिए, न त न्यानो कपडा नै । उनी चिसोले कापिरहेकी थिइन् । त्यस्तै, सोही ठाउँकै अर्का लोकेन्द्र विकको पनि अवस्था उस्तै छ । उनीहरू दुई जना एक प्रतिनिधि पात्र मात्र हुन् । सोही विद्यालयमा अध्यनरत १ सय ४ जना विद्यार्थीमध्ये अधिकांशको अवस्था उनी लोकेन्द्र र हस्तनाको जस्तै छ ।

विद्यालयका विद्यार्थीका लागि न्यानो लुगा कपडा र झोला त परै जाओस्, उनीहरूसँग लगाउने जुत्ताचप्पल समेत छैनन् । २०६२ सालमा तत्कालीन विद्रोही माओवादीले बसाएको थियो । भेरी किनारको वनक्षेत्र फडानी गरेर विभिन्न जिल्लाका ५० परिवार ल्याएर यहाँ राखिएको थियो ।

विद्यालयका विद्यार्थीका लागि न्यानो लुगा कपडा र झोला त परै जाओस्, उनीहरूसँग लगाउने जुत्ताचप्पल समेत छैनन् ।
२०६२ सालमा तत्कालीन विद्रोही माओवादीले बसाएको थियो । भेरी किनारको वनक्षेत्र फडानी गरेर विभिन्न जिल्लाका ५० परिवार ल्याएर यहाँ राखिएको थियो ।

यातायात, विद्युत्, विद्यालय, खानेपानी, सिँचाइलगायतका सुविधाबाट विमुख इखेनी बस्तीले गाउँमा खानेपानी पाए पनि विद्यालयको खानेपानी समस्या भने ज्यूँका त्यूँ रहेको छ । विद्यालयमा खानेपानी धारा बनाउन भने पनि वडा कार्यालयले वास्ता नगरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष उज्ज्वल कामी बताउँछन् ।

शिक्षक अपुग

श्री जनजागरण प्राथमिक विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । त्यसपछि, थप अध्ययनको लागि चेपाङ पुग्छन् । कक्षा ५ सम्म अध्ययन हुने गरे पनि शिक्षक अपुगका कारण पठनपाठनमा समस्या भएको विद्यालयका शिक्षक रमेश नामजाली बताउँछन् ।

२०६५ सालमा स्थापना भएको श्री जनजागरण प्राथमिक विद्यालयमा दुई जना शिक्षकको दरबन्दी छ । एक पद रिक्त रहेको छ । स्थानीय शिक्षक राख्न विद्यालयसँग स्रोत छैन । विद्यालयमा हाल एक जना दरबन्दी, एक जना स्थानीय स्रोत, एक जना राहत, एक जना करारसहित पाँच जना मात्रै शिक्षक छन् । विद्यालयमा शिक्षक अपुग मात्र नभएर खानेपानी र शौचालयसम्मको समेत अभाव छ ।

शौचालय र पानीको अभावले विद्यार्थीहरू जंगलतिर

विद्यालयमा शौचालय र पानी नहुँदा विद्यार्थीहरू जंगल दुगुर्नुपर्ने बाध्यता छ । विद्यालयका भवन पनि जीर्ण छन् । बेन्च, कार्पेट र छानाको अवस्था उस्तै छ ।
शौचालय पनि जीर्ण हुँदा विद्यार्थीहरू शौचालय नगएर जंगलतिर दगुर्नुपर्ने बाध्यता रहेको शिक्षक नामजाली बताउँछन् । विद्यालयमा शौचालय र पानी नै हुँदैन’, उनले भने– ‘शौचालय पनि जीर्ण छ । विद्यार्थी जान डराउँछन् । जसका कारण शौचका लागि जंगल जानुपर्ने बाध्यता छ ।’

वर्षौं पुरानो च्यातिएका कार्पेटमा बस्छन् विद्यार्थी


२०६२ सालमा तत्कालीन विद्रोही माओवादीले बसाएको यो बस्तीका सबैजसो परिवार भारत नगए चुलो बल्दैन । अत्यधिक गरिबीको चपेटामा रहेको यहाँको विद्यालयमा पर्याप्तरूपमा भौतिक पूर्वाधारको सामग्रीबाट वञ्चित छ । पर्याप्तरूपमा बस्ने डेस्क बेन्चहरू छैनन् । विद्यार्थीहरू चार वर्षअघिको च्यातिएर प्वाल परेको कार्पेटमा बस्नुपर्ने बाध्यता रहेको विद्यालयका शिक्षक नामजालीले बताए।

विद्यालयको स्रोतबाट विद्यालयमा शिक्षकसम्म छैनन्, उनले भने– ‘बेन्च डेस्क किनेर कसरी राख्नु । हाम्रा नेताज्युका कानमा कसले सुनाइदेला, ‘तपाईंलाई हेलिकोप्टरबाट झर्दा रातो कार्पेट चाहिन्छ, यता देशको भविष्यका चिसो भुइँमा बसेर पढ्नुपर्ने बाभ्यता छ ।

सरकारकाे पुगेन ध्यान

२०६२ सालमा तत्कालीन विद्रोही माओवादीले बसाएको यो बस्तीका सबैजसो परिवार भारत नगए चुलो बल्दैन । अत्यधिक गरिबीको चपेटामा रहेको यहाँको विद्यालयमा पर्याप्तरूपमा भौतिक पूर्वाधारको सामग्रीबाट वञ्चित छ ।

२०६२ सालमा तत्कालीन विद्रोही माओवादीले बसाएको यो बस्तीका सबैजसो परिवार भारत नगए चुलो बल्दैन । अत्यधिक गरिबीको चपेटामा रहेको यहाँको विद्यालयमा पर्याप्तरूपमा भौतिक पूर्वाधारको सामग्रीबाट वञ्चित छ ।

यस्ता कुरामा सरकारले ध्यान दिन सके विद्यार्थी निरन्तर पढ्न आउँथे । उनीहरूको पढाइमा पनि निरन्तरता हुन्थ्यो । र पढाइ राम्रो हुन्थ्यो ।’

यातायात, विद्युत्, विद्यालय, खानेपानी, सिँचाइलगायतका सुविधा नभएको इखेनी बस्तीले गाउँमा खानेपानी जसोतसो पाए पनि विद्यालयको खानेपानी समस्या भने ज्यूँका त्यूँ रहेको छ । विद्यालयमा खानेपानी धारा बनाउन भने पनि वडा कार्यालयले वास्ता नगरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष उज्ज्वल कामी बताउँछन् ।


यो पनि
चिसोमा हृदयघातको जोखिमबाट कसरी बच्ने ?
मकैमा आत्मनिर्भर हुन पाँच लाख ८८ हजार मेट्रिक टन खाँचो



सम्बन्धित खबरहरु

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो