English

‘ए’ डिभिजन लिगमा फ्रेन्ड्सलाई हराउँदै आर्मी तेस्रो स्थानमा




जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ । दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–१ गोलले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ ।

आर्मीको जितमा जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक/एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए ।

जितसँगै आर्मीको ९ खेलमा १७ अंक भएको छ । फ्रेन्ड्सले ९ खेलमा ३ अंक मात्र जोडेर पुछारमा रहेको छ । हारसँगै फ्रेन्ड्समाथि रेलिगेसनको दबाब बढेको छ ।
यो पनि
आफ्नै खर्चमा कराँते खेल्न बंगलादेश पुगेका खेलाडीले ल्याए दुई स्वर्ण
‘ए’ डिभिजन लिगले पूरा गर्यो १०० गोल



सम्बन्धित खबरहरु

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सन्दीपलाई

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

Latest










Popular
Suggested