English

एसएलसी दिएर रूस गएँ, डाक्टर बनेर फर्किएँ



डा. अनिल भट्टराई, मुटु रोग विशेषज्ञ

पर्वतको पिपलटारीस्थित पुणेश्वर माध्यमिक विद्यालयबाट २०४९ मा एसएलसी दिएँ । पहिलो श्रेणीमा एसएलसी पास हुँदा खुसीको सीमा नै थिएg । पास भएको खबर पाउनेबित्तिकै रसियामा बस्ने डा. दिनेश आचार्य काकाले उतै पढ्न सल्लाह दिनुभयो । उहाँकै सहयोगले रसियन एम्बेसीको कल्चरल सिट कम्पिटिसनबाट २०५० मा रुस गएँ ।

सारातो युनिभर्सिटीमा कक्षा १२ अर्थात् आईएससी जसलाई मेडिकल भाषामा ‘प्रिपेटरी कोर्स’ भनिन्छ । त्यो दुई वर्षको कोर्स पढ्न भर्ना भएँ । यो कोर्स गर्दै एक वर्ष रसियन भाषा नै सिक्न लाग्यो । देश फरक भएकाले खानपिन, कल्चर फरक थियो । त्यताको रहनसहनमा भिज्न एक वर्ष नै लाग्यो ।

घरमा मसालेदर खाना खाएको त्यहाँ उमालेको खाना खाँदा हप्ता दिन जसो समस्या पर्याे । भात खाएको बानी पाउरोटीले पेट के भरिन्थ्यो र ! त्यही बेला सोभियत संघ टुक्रिएको थियो । मासु र पाउरोटी जति पनि पाइने तर चामल पाइँदैन थियो । कतै मार्केटमा चामल पाएमा बोराका बोरा किनेर राख्थ्यौँ । कहिलेकहीँ पाउरोटी मात्र पनि खाइयो ।

शुरुका दिनमा घरको सम्झना धेरै नै आउँथ्यो, तर पछिपछि बानी पर्दै गयो । साथीहरू पनि बन्दै गए, पढाइमा फोकस भइयो । अफ्रिका, पाकिस्तालगायतका साथीहरू थिए, अहिले पनि सम्पर्कमै छन् ।

नेपालमा साना घर, साँघुरो बाटो देखेको रुस जाँदा ठूला भवन, फराकिलो बाटो, रेल देख्दा मख्ख परेको थिएँ । नोभेम्बरमा रुस गएकाले हिउँ परेको पहिलोपटक देख्ने मौका पाएँ । त्यसको सम्झना अहिलेसम्म छ ।

होस्टेलकै बसाइ थियो । पढाइकै लागि देश छोडेर गइएकाले घुमघाम कमै हुन्थ्यो । कलेजमा इमानदार विद्यार्थीमा पर्थें । कलेज नै बंक गरेर घुमिनँ । कलेजको छुट्टी हुँदा कहिलेकाहीँ नजिकैको भोल्गा रिभर घुम्न गइन्थ्यो । यहाँको भजनकीर्तन जस्तै उता डिस्को हुने । शुक्रबार र शनिबार साथीभाइसँग डिस्को गइन्थ्यो । दुई महिना गर्मीको छुट्टी हुँदा काम गर्थें । त्यहीँबाट पकेट खर्च निकाल्थेँ ।

सारातो युनिभर्सिटीमा नै पाँच वर्षको एमबीबीएसको पढाइ पूरा गरेँ । २ वर्ष प्लस र ६ वर्ष एमबीबीएस गरी ८ वर्ष रुसमै बसँे । त्यहाँ बस्दा लाहुरे नै भएँ । ८ वर्षको बसाइमा एकपटक मात्र नेपाल आएँ । आउन–जान टिकेट खर्च धेरै हुने भएकाले आउन सम्भव थिएन । मेरो ब्याचमा ४०–५० जना थिए । जसमध्ये ८ जना नेपाली थिए । एमबीबीएस सकिएपछि नेपाल आएर यहाँ तीन वर्ष काम गरेँ ।

मिनिमल्ली इन्भेसिव कार्डियक सर्जरीका लागि स्विट्जरल्यान्ड, अस्ट्रिया र युके पुगेँ । अमेरिकाको हार्वर्ड युनिभर्सिटीमा पनि हर्ट सर्जरीको तालिम लिएँ । इटालीको पाडोवा युनिभर्सिटीबाट कार्डियो भास्कुलरबाट पीएचडी गरँे । हाल नेपालमा ९ वर्ष यही क्षेत्रमा कार्यरत छु । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रन्सपल्ट सेन्टर, ग्रिन सिटी हस्पिटल र नेपाल कार्डियो डाइबेटिज एण्ड थाइरोइड सेन्टरमा आबद्ध छु ।
यो यो पनि
यात्रा संस्मरण: आँखामा इजरायल–सम्झनामा साइप्रस
हास्यकलाकार सुबोध गौतम : ‘कलेज पढ्दा साइकल ब्वाई’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।