English

लकडाउनमा पार्टी गरेपछि प्रधानमन्त्री कार्यालयले माफी माग्यो



बेलायतका प्रधानमन्त्री कार्यालयले बर्मिङघम प्यालेससँग लकडाउनका बीचमा पार्टी गरेकोमा माफी मागेको छ । प्रधानमन्त्रीको सरकारी आवास ‘१० डाउनिंग स्ट्रीट’ का कर्मचारीमाथि दुई पार्टी आयोजना गरेको आरोपको थियो ।

यस्तो पार्टी ड्यूक अफ एडिनबर्गको अन्तिम संस्कारको पूर्व संध्यामा आयोजना गरिएको थियो । लण्डनबाट प्रकाशन हुने ‘द टेलीग्राफ’ को रिपोर्ट अनुसार यस आयोजनमा करीब ३० जना सहभागी भएका थिए । पार्टीमा बिहानसम्म रक्सी र नाचहरु भएका थिए ।

यो पार्टी यस्तो समयमा भएको थियो जतिबेला विश्वभर कोरोना महामारीको प्रकोप फैलिएको थियो र बेलायतमा कयौं खालका प्रतिबन्धहरु लगाइएको थियो । तर, यी दुवै पार्टीमा बेलायती प्रधानमन्त्री बेरिस जोनसन सहभागी भएका थिएनन् ।

‘१०, डाउनिंग स्ट्रिट’ रक्सी र नाँचसँग जोडिएको आरोपमा पहिला एक कर्मचारीको बिदाइ भाषण आयोजना भएको बताइएको थियो ।

बेलायती प्रधानमन्त्रीले हालसालै आफ्नो सरकारी आवास ‘१०, डाउनिंग स्ट्रिट’ मा भएको रक्सी पार्टीलाई लिएर माफी मागेका हुन् ।

यो पनि
आठ हप्ताभित्र युरोपको आधा जनसंख्यामा कोभिड हुन्छ : डब्लूएचओ
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार