English

माघे संक्रान्तिका खानेकुरा, स्वास्थ्यका लागि लाभदायक



आरेम कार्की, पोषणविद्

दशैं, तिहार होस् या माघे संक्रान्ति विभिन्न चाडबाडहरूमा भिन्न–भिन्न प्रकारका खानाहरू खाने चलन छ । यसरी, चाडपर्वअनुसार खाइने खानाहरूको पनि छुट्टा–छुट्टै मूल्य मान्यताहरू छन् । माघे संक्रान्तिमा घ्यू, चाकु, तिलको लड्डु, उसिनेको तरुल खाने चलन धेरै लामो समयदेखि चल्दै आएको हो ।

यसरी, चाडबाडहरूमा खाइने खानेकुराहरूको आ–आफ्नै महत्त्व छ । उदाहरणका लागि जनैपूर्णिमामा खाइने टुसा उमारिएको गेडागुडीलाई लिन सकिन्छ । टुसा उमारिएको गेडागुडीमा प्रशस्त मात्रामा पोषकतत्व पाइन्छ ।

माघे संक्रान्तिमा खाइने घ्यू चाकु, तिलको लड्डु र उसिनेको तरुलको पनि छुट्टै महत्त्व छ । उखुबाट बनेको सख्खरमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ । यसले हाम्रो शरीरलाई चाहिने भिटामिन मिनरल्सको मात्रालाई पूरा गर्छ । त्यसैले, सख्खरबाट बनेको चाकु, तिलको लड्डु, भुजाको लड्डु आदी खाजाको रूपमा अरू बेला पनि खान सकिन्छ ।

चाकु गुलियो हुन्छ । त्यसैले, मधुमेहको बिरामीले खान हुन्छ कि हुँदैन भनेर धेरैको प्रश्न हुन सक्छ । तर, चाडबाडको बेलामा सीमित मात्रामा चाकु खाँदा त्यसले केही पनि असर गर्दैन ।

चिनीबाट बनेको खानेकुरा भन्दा यो एकदमै लाभदायक हुन्छ । हुन त चिनी र सख्खर दुवै उखुबाटै बनेको हो । तर, सख्खरलाई चिनी जति प्रशोधन गरेको हुँदैन । त्यसैले, उखुमा हुने भिटामिन र मिनरल्स सख्खरमा पनि हुन्छ । जुन स्वास्थ्यको दृष्टिकोणले एकदमै फाइदाजनक हो ।

चाकु गुलियो हुन्छ । त्यसैले, मधुमेहको बिरामीले खान हुन्छ कि हुँदैन भनेर धेरैको प्रश्न हुन सक्छ । तर, चाडबाडको बेलामा सीमित मात्रामा चाकु खाँदा त्यसले केही पनि असर गर्दैन ।

यस्तै, तरुल जमिनमुनि फल्ने भएकोले तरुल पनि मधुमेहको बिरामीहरूले खानुहुँदैन पनि भनिन्छ । त्यो पनि शतप्रतिशत सही होइन तरुल, आलु र चिनीचाहिँ नखाने, तर भात टन्न खाने गर्दा पनि सुगरको लेबल बढ्छ । त्यसैले, सबै कुराको मात्रा मिलाएर खानु राम्रो हुन्छ ।

धेरै मधुमेह, प्रेसर, मोटोपनाको समस्या भएका बिरामीहरूले सकेसम्म नखाएको राम्रो तर थोरै खाजाको रूपमा खाँदा भने असर गर्दैन । यी खानेकुराहरूको सेवनले क्यान्सर तथा अन्य रोगहरू लाग्नबाट बचाउँछ । त्यसैले, स्वास्थ्य व्यक्तिहरूले माघे संक्रान्तिको दिन मात्र हैन अन्य दिनमा पनि चकलेटको साटो चाकु अन्य जंकफुडको साटो तिलको लड्डु र उसिनेको तरुलको सेवन गर्न सक्छन् ।

बालबालिकाहरूको लागि पनि यो राम्रो खाजा हुन सक्छ । बालबालिकालाई गुलियो खानेकुरा धेरै मनपर्ने भएकोले चक्लेटको सट्टा चाकु र तिलको लड्डु दिन सकिन्छ । उसिनेको तरुललाई खाजाको रूपमा दिन सकिन्छ । जसले गर्दा बालबालिकाहरू जंक फुडबाट टाढा पनि हुन सक्छन् ।

नै पनि खानेकुरा एकैपटक धेरै मात्रामा खाँदा त्यसले नकारात्मक असर गर्न सक्छ । तर, मात्रा मिलाएर खाँदा त्यसले फाइदा गरिरहेको हुन्छ ।

चाकुले जाडोबाट बचाउँछ भन्ने पनि मान्यता छ । तर, एक दिन मात्र चाकु खाएर जाडोबाट बचिने भने होइन । यो समय–समयमा सेवन गर्न सकिन्छ । टुसा उमारिएको गेडागुडी पनि जनैपुर्णिमाको दिन मात्र हैन अन्य दिनमा पनि खान सकिन्छ । यी खानेकुराहरूमा हाम्रो शरीरलाई चाहिने विभिन्न पोषक तत्त्वहरू पाइन्छ ।

कुनै पनि खानेकुरा एकैपटक धेरै मात्रामा खाँदा त्यसले नकारात्मक असर गर्न सक्छ । तर, मात्रा मिलाएर खाँदा त्यसले फाइदा गरिरहेको हुन्छ । त्यसैले, सबै रोगका बिरामीहरूले चाडबाड मनाउनका लागि थोरै मात्रामा चाकु र तरुल खान सकिन्छ ।

यो पनि पढ्नुहोस्
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
जाडोमा श्वास प्रश्वास सम्बन्धी समस्याबाट कसरी बच्ने ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।